कीवर्डहरू -

ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’

ज्योतिषी, योग र मेडिटेसन सेवा दिने एप ‘स्व अध्याय’

मानिसको जीवनशैली राम्रो बनाउन सहयोग पुर्‍याउने उदेश्यका साथ नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) का विद्यार्थीले स्व अध्याय मोबाइल एप निर्माण गरेका छन् ।

२ महिनाको अध्ययन अनुसन्धान र डेभलप पश्चात गत अक्टोबरमा स्व अध्याय एपको बेटा भर्सन सार्वजनिक थियो ।त्यसपछि २ हप्ता अगाडि मात्रै स्व अध्याय मोबाइल एपको फुल भर्सन सार्वजनिक भएको थियो ।

एनसीआईटीमा सफ्टवेयर इन्जिनियर पढिरहेका २ युवा सरोज दाहाल र प्रवेश रिजालले एपलाई बजारमा ल्याएका हुन् । स्व अध्याय एपको डेभलपमेन्टको भाग सरोजले हेर्छन् भने बिजनेशको भाग प्रवेशले हेर्छन् ।

\"\"

उनीहरुले व्यवसायीक रूपमै यसलाई अगाडि बढाउन कोडब्लिस प्रालि नामक कम्पनी समेत दत्ता गरिसकेका छन् ।स्व अध्याय एपबाट मुख्य गरी ज्योतिषी, योग, मेडिटेसन सेवा दिन खोजेको कम्पनीका संस्थापक सरोज दाहालले बताए ।

‘त्यसबाहेक यसमा ब्लगको सुविधा समेत रहेको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘जसमा ज्योतिषी, वेद, ध्यान, योग, धर्म, तन्त्र, योग र जीवन पद्धति, अध्यात्म, आयुर्वेद, वास्तु लगायतका अन्य धेरै कुराहरु पढ्न सकिन्छ ।’

यसमा पूजा तथा ग्रह शान्तिका लागि पण्डित सेवा, मूहर्त, श्लोक लगायतका सुविधा पनि छन् । दाहालका अनुसार अब एपमा काउन्सिलिङ, पोडकास्ट, भिडियोको सुविधा समेत थप गर्ने कम्पनीको योजना छ । एप प्रयोगकर्तालाई नेपाली भाषामै ब्लग, पोडकास्ट, भिडियो लगायतका सुविधा दिने योजना रहेको सरोजले बताए ।

\"\"

उनीहरुको ३ जनाको टिम रहेको छ । यो एप अहिले गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ । केहि हप्ताभित्रै आईओएसमा पनि एप सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ ।

यो एप प्रयोग गर्न शुरूमा एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेपछि एप खोल्ने र कुन सेवा आवश्यक छ त्यो सेवामा क्लिक गरी त्यहाँ एउटा फर्म भर्नुपर्छ ।

फर्म भरेपछि उताबाट कल ब्याक हुन्छ र सेवा लिन सकिन्छ । यसमा सेवाअनुसार  फरक फरक शुल्क लाग्ने छ । उनीहरुले एपबाट सेवा दिनका लागि अन्य संस्थासँग सम्झौता गरेका छन् । एन्ड्रोइडमा स्व अध्याय एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।