कीवर्डहरू -

ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल

टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१मा ओपो छैठौँ स्थानमा

ईमर्जिङ मार्केटमा ओप्पो दोस्रो स्थानमा पर्न सफल

शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनिज ग्लोबल ब्रान्ड ब्यूल्डर्स २०२१ र्याङ्किङ रिपोर्टमा ओपो आउट स्ट्यान्डिङ चाइनिज ग्लोबल ब्रान्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ ।

विकसित बजारहरुमा ओपोको ब्रान्ड पावरमा सन् २०१८ देखि निरन्तर बृद्धि हुँदै ३० प्रतिशत भन्दा बढीको कम्पाउन्ड ग्रोथ रेट हात पार्दै आएको छ । आपोले उदीयमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्रान्ड पावरका साथमा दोस्रो स्थान प्राप्त गरेको हो ।

अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्रान्डका रुपमा लगातार ५ बर्षदेखि ओपो सूचीमा सम्मिलित रहँदै आएको छ । साथै, कम्पनीको र्याङ्किङ प्रभावशाली उपलब्धि र विश्व बजारमा बढ्दो ब्रान्ड प्रभावका कारण निरन्तर उत्कृष्टता भएको कम्पनीको दावी छ ।

कार्यक्रममा ओपोका ग्लोबल सिनियर ब्रान्ड निर्देशक डेरेक सनले भने, ‘सूचीमा ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ । विदेशी बजार प्रवेश गरिरहेका चिनियाँ ब्रान्ड मध्य ओपोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नव प्रवर्द्धनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ । ब्रान्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ लाई मूर्तता दिँदै हामी उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने छौँ ।’

चाइना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका गु्रप हेड शनशान शेङ्गले पनि ओपोको उपलब्धीका लागि बधाई दिँदै सम्मान व्यक्त गरे । ‘चिनियाँ ब्रान्डको प्रभाव विश्वब्यापी रुपमा बढ्दो छ । अझ धेरै चिनिया ब्रान्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ माथी उक्लन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ’ ग्रुप हेड शनशान शेङ्गले भने ।

सन् २००९ मा अन्तर्राष्ट्रिय अपरेशन सुरु गरेदेखि हाल आपोले आफ्नो आधिकारिक उपस्थिती विश्वब्यापी ६ महाद्वीपमा रहेका ४० बजारमा जनाइसकेको छ ।

आईडीसीका अनुसार विश्वमै चौंथो स्थान हात पार्दै सन् २०२१ को पहिलो क्वार्टरमा ओपोले विश्व मार्केट सेयरको १०.८ प्रतिशत हिस्सा ओगटेको छ ।