कीवर्डहरू -

स्पेसएक्सले डोजक्वाइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने

स्पेसएक्सले डोजक्वाइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने

स्पेसएक्सले डोगेकोइनको कोषद्वारा चन्द्रमामा स्याटेलाईट लञ्च गर्ने भएको छ । क्यानेडाको जिओमेट्रि एनर्जी कर्पोरेसनले स्पेसएक्ससँग सम्झौता गरेर सन् २०२२ को पहिलो त्रैमासमा डोगे–१ क्युबस्याट नामक स्याटेलाईट लञ्च गरिने भएको हो ।

क्रिप्टोकरेन्सीले भुक्तानी गरेको यो पहिलो स्याटेलाईट हो । यो मिसनमा फ्याल्कन नाइन रकेटको प्रयोग गरिने भएको छ। यसले क्रिप्टोकरेन्सीको महत्वलाई अझै बढाउने विश्वास गरिएको छ ।

क्युबस्याट ८८ पाउण्ड तौलको हुने गर्छ । डोगे–१ नयाँ प्रविधि ट्रेण्ड बन्ने स्पेसएक्सको विश्वास रहेको छ ।