कीवर्डहरू -

क्लबहाउसले अमेरिकामा एन्ड्रोइड एपको बेटा भर्सन परीक्षण गर्दै

क्लबहाउसले अमेरिकामा एन्ड्रोइड एपको बेटा भर्सन परीक्षण गर्दै

क्लबहाउसले अमेरिकामा आफ्नै एन्ड्रोइड एपको बेटा भर्सन जाँच गरिरहेको छ । अब क्लबहाउस आईओएसकामा मात्र नभएर एन्ड्रोइडमा समेत उपलब्ध हुने भएको छ ।

क्लबहाउसको बेटा भर्सन हाल अमेरिकाका लागि मात्रै उपलब्ध गराइएको छ । केही हप्ता पछि यसलाई विश्वव्यापी रुपमा सार्वजनिक गर्ने क्लबहाउसले बताएको छ ।

यो भ्वाइस शोहरु गर्नका लागि एकदमै प्रख्यात एप रहेको छ । यसमा पहिले पनि एलन मक्स, मार्क जुकरबर्ग जस्ता व्यक्तिहरुले प्रस्तुती दिईसकेका छन् ।

आम प्रयोगकर्ताले पनि एपमा अरुले जोडिन मिल्ने रुम बनाउन सक्छन् । क्लबहाउस लञ्च भएदेखिनै एकदमै चर्चित एपको रुपमा सूचित छ र धेरै अरु एप निर्माताले पनि एडियो मात्रै आउने एपको निर्माण र्गा थालिसकेका छन् ।

फेसबुकले मेसेन्जरका निम्ति अडियो च्याट फिचरको विकास गरिरहेको छ । स्पटीफाईले लाइभ अडियो एक्सपेरियेन्स भनने फिचर ल्याउने भएको छ ।

ट्वीटरले पनि ६०० जना सम्म राखेर रुम बनाउन मिल्ने स्पेसेज नामक फिचर ल्याएको छ । अहिले क्लबहाउस प्रयोग गर्न कुनै प्रयोगकर्ताबाट इन्भाइट आएको हुनुपर्नेछ ।