कीवर्डहरू -

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने, यसरी लिनुहोस् परामर्श

कोभिड परामर्शका लागि हटलाइन सेवा पनि शुरू

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने, यसरी लिनुहोस् परामर्श

हाम्रो डक्टरबाट अब निःशुल्क कोभिड परामर्श लिन सकिने भएको छ । नेपालकै पहिलो अनलाईन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप मार्फत निःशुल्क कोभिड परामर्श लिन सकिने भएको हो ।

यसअघि कम्पनीले मोबाइल एपबाट चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गर्दै आएको थियो । कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको हाम्रो डक्टरका सिईओ उद्धवराज भेटुवालले बताए ।

हाम्रो डक्टरको मोबाइल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ । मोबाइल एप डाउनलोड गरेपछि एप भित्र भएको परामर्श सेक्सनमा गएर कोरोना कल्सल्टेशनमा प्रयोगकर्ताले निःशुल्क चिकित्सकहरुसँग परामर्श गर्न सक्नेछन् ।

एकपटक सुरु गरेपछि सातदिनसम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्टहरु पठाउन र निगरानीमा रहन सक्नेछन् ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेको ठाउँ र मानिसलाई लक्षित गर्दै कोरोना सम्बन्धी जानकारी र परामर्श लिनका लागि डाइरेक्ट ३ वटा हटलाईन सेवा पनि सुरु गरेको छ ।

९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरि कोरोना भाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

हाम्रो डक्टर मोबाइल एप सन् २०१६ बाट सञ्चालनमा आएको हो । यसबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिन सकिन्छ ।

हाम्रो डक्टरको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड फोनका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएस फोनका लागि यहाँ क्लिक गर्नुहोस् ।