कीवर्डहरू -

६०० भन्दा बढी विद्यालय जोडेको वेद जसले डिजिटलाइज गर्दै शिक्षा प्रणाली  

६०० भन्दा बढी विद्यालय जोडेको वेद जसले डिजिटलाइज गर्दै शिक्षा प्रणाली  

वेद भन्नेबित्तिकै हामीलाई मन्त्रहरू लिपिबद्ध भएको प्राचीन शास्त्र भन्ने लाग्छ । तर नेपालको शिक्षा क्षेत्रमा वेदले प्रविधिसँग जोडेर आधुनिक शिक्षा पद्धतिको ज्ञान दिइरहेको छ ।

वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हुन्छ जान्नु वा ज्ञान । इन्ग्रिल्स प्रा.लिले वेद मार्फत नेपालमा विगत ५ वर्षदेखि शिक्षण सिकाइलाई आधुनिक प्रविधिसँग जोड्ने काम गरिरहेको छ ।

पछिल्लो समय कोभिडको कारण लामो समय लकडाउन र शिक्षण संस्थाहरू बन्द हुँदा वेदको महत्व बढेर गयो ।कोभिड–१९ र त्यसपश्चात् सृजना भएको अनलाइन लर्निङको बाध्यताले वेदको प्रयोग व्यापक रूपमा बढ्यो ।

ई–लर्निङ र डिजिटल शिक्षाको प्लाटफर्मको रूपमा अन्य प्रडक्टहरू पनि बजारमा आइरहेका नै छन् । वर्षौं देखि अरू कम्पनीहरूले पनि काम गरिरहेका नै थिए । तर पनि वेदको महत्व पौराणिक शास्त्रझैं बढ्दै गएको छ ।

\"\"

निर्देश द्वा लगायतका तीन साथीहरूले शुरू गरेको इन्ग्रिल्स प्रा.लि कम्पनीमार्फत शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले ५ वर्षअघि ‘वेद’ बजारमा आएको हो ।

वेदले विभिन्न शहरका ६०० भन्दा बढी विद्यालयमा आफ्नो सेवा दिइरहेको छ । २८ हजार शिक्षक, ६ लाखभन्दा बढी विद्यार्थी र १० लाख अभिभावकलाई वेदले जोडेको छ । यो सफलता कोभिड–१९ र त्यसपश्चात् शिक्षा क्षेत्रमा बढेको प्रविधिको प्रयोगले पनि सम्भव बनाएको हो ।

वेदले शिक्षकका लागि वेद गुरु, विद्यार्थीका लागि वेद स्टुडेन्ट्स र ई–लर्निङ प्लाटफर्मका लागि वेद सिएमएस लगायतका सेवाहरू दिइरहेको छ ।

अनलाइन लर्निङका लागि सम्पूर्ण सुविधा भएको प्लाटफर्म कम्पनीले उपलब्ध गराएको छ । विद्यार्थी, शिक्षकदेखि, एसाइनमेन्ट र रिपोर्टसम्मको लागि एकै सिस्टममा इन्टिग्रेटेड एप तथा वेब सिस्टम उपलब्ध छ ।

यस सफ्टवेयरको थप नयाँ फिचर प्रयोग गरी विद्यार्थीले घरबाटै आफ्नो होमवर्क बुझाउन सक्नेछन् । बुझाइएको सोही होमवर्कमा शिक्षकले कमेन्ट गर्न मिल्नेगरी बनाइएको छ ।

त्यस्तै विद्यार्थीलाई थप सहज बनाउन वेदले कक्षा सञ्चालनको कार्यतालिका, गृहकार्य, परीक्षाको नतिजा एसएमएसमार्फत थप सुविधा पनि दिएको छ ।

वेद सफ्टवेयर सेन्ट जेभियर, रातो बंगला, डनबस्को, ग्यालेक्सी लगायत पूर्वको इटहरी र पश्चिमको पोखराका विद्यालयहरूले समेत प्रयोग गरेका छन् ।

\"\"

नेपालका ए ग्रेडका धेरै विद्यालयमा यसको प्रयोग भइरहेको छ । कम्पनी नेपाल बाहिर विभिन्न देशहरूमा पनि आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेको छ ।

कोरोनाको कहरसँगै वेदको व्यापक प्रयोगले धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई घरबाटै सहज तरिकाले पठनपाठनमा निरन्तरता दिन सकेका छन् । अब पूर्णरूपमा अनलाइन लर्निङका लागि वेदले भरपर्दो सेवा दिन सक्नेछ ।

कोरोनाले धेरैलाई संकटको रूपमा ल्याए पनि वेद (इन्ग्रिल्स)लाई अवसरको रूपमा ल्याइदिएको छ । यसै वर्ष मात्र कम्पनीले आफ्नो कारोबार पनि करोडभन्दा बढी गरिसकेको अवस्था छ । कम्पनीको ग्रोथ बढ्दै गएको छ ।

अहिले तीनतले बिल्डिङ पूर्णरूपमा भाडामा लिएर ५० भन्दा बढी सहकर्मीको साथ कम्पनी अघि बढिरहेको छ । धेरै स्टार्टअपहरूको लागि यो सफलताले प्रोत्साहन पनि गर्नेछ ।