कीवर्डहरू -

फाइभजी सपोर्ट गर्ने वानप्लस नाइन नेपालमा, कति छ मूल्य ? 

फाइभजी सपोर्ट गर्ने वानप्लस नाइन नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा वानप्लस नाइन सार्वजनिक भएको छ । ६.५५ इन्च फुल एचडी प्लस फ्लुइड एमोलेड डिस्प्ले भएको वानप्लस नाइन नेपालमा सार्वजनिक भएको हो ।

यसमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने १२० हर्ज रिफ्रेस रेट रहेको छ । अलवेज अन डिस्प्ले सुविधा उपलब्ध भएको यसमा क्वालकमको स्न्यापड्रयाग्न ८८८ प्रोसेसर राखिएको छ ।

वानप्लस नाइनमा पछाडि ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा, ५० मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर र २ मेगापिक्सेल मोनोक्रोम लेन्स छन् । यसबाट एटके भिडियो खिच्न सकिन्छ ।

फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । वानप्लस नाइन नेपाली बजारमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेजका साथ उपलब्ध भएको छ । यसको इन्टर्नल स्टोरेजलाई एसडी कार्ड प्रयोग गरी बढाउन भने सकिदैन ।

वानप्लस नाइन फोनमा ४५ सय एमएएच ब्याट्री छ । जसले ६५ फास्ट चार्जिङ सपोर्ट गर्छ । वानप्लस नाइनले फाइभजी सपोर्ट गर्छ । साथै फोनमा एड्रेनो ६६० जीपीयु राखिएको छ ।

यसमा अक्सिजन अपरेटिङ सिस्टम (ओएस) मा आधारित एन्ड्रोइड ११ ओएस राखिएको छ । वानप्लस नाइनमा इन डिस्प्ले फिंगरप्रिन्ट र फेसअनलकको सुविधा समेत रहेको छ । नेपाली बजारमा वानप्लस नाइनको मूल्य १ लाख ४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।