कीवर्डहरू -

युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना

युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना

युट्युबले शर्ट्स निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ । यो कोष आउँदो केही महिनामा सार्वजनिक हुनेछ र आगामी वर्ष शर्ट्स निर्माताहरुलाई दिइने छ ।

युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । शर्ट्स बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ ।

शर्ट्स बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । शर्ट्सले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्म गर्न सकिरहेको छ ।

यसमा ६० सेकेण्ड सम्मको भिडियो क्लिप रेकर्ड गर्न सकिन्छ । शर्ट्सले स्वत्त रपमा क्याप्सन आउने फिचरमा पनि काम गरिरहेको छ ।