कीवर्डहरू -

चैत महिनामा क्युआर कोडबाट २ अर्ब ७२ करोड बढीको कारोबार 

चैत महिनामा क्युआर कोडबाट २ अर्ब ७२ करोड बढीको कारोबार 

मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबारमा वृद्धि भइरहेको छ । पछिल्लो समयमा तीव्र रुपमा आएको क्युआर कोड भुक्तानी पनि वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार चैत महिनामा २ अर्ब ७२ करोड २० लाखको भुक्तानी भएको छ ।

यो यसअघिको महिनाको भन्दा ६६ करोड ७० लाख रुपैयाँले बढी हो । फागुन महिनामा २ अर्ब ५ करोड ५० लाख रुपैयाको कारोबार भएको थियो ।

यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चैत महिनामा ६ लाख ३५ हजार ७ सय  ३८ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् । त्यसअघिको महिनामा ५ लाख ३५ हजार ७ सय ९० इलेक्ट्रोनिक ट्रान्जेकसन भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५८ लाख ९० हजार रुपैयाँ भुक्तानी भएको थियो । नौ महिनामा मोबाइल वालेटबाट भएको भुक्तानी ११ अर्ब २ करोड १० लाख रुपैया रहेको छ ।