कीवर्डहरू -

युट्युबले सर्टस निर्मातालाई पैसा दिन स्थापना गर्याे १०० मिलियन डलरको कोष

युट्युबले सर्टस निर्मातालाई पैसा दिन स्थापना गर्याे १०० मिलियन डलरको कोष

युट्युबले सर्टस निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ । यो कोष आउँदो केही महिनामा सार्वजनिक हुनेछ र आगामी वर्ष सर्टस निर्माताहरुलाई दिइन्छ ।

युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । सर्टस बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ ।

सर्टस बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । सर्टसले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्म गर्न सकिरहेको छ ।

यसमा ६० सेकेण्ड सम्मको भिडियो क्लिप रेकर्ड गर्न सकिन्छ । सर्टसले स्वत्त रपमा क्यापसन आउने फिचरमा पनि काम गरिरहेको छ ।