कीवर्डहरू -

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुने 

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुने 

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुनेछ । फेसबुकसँग आफ्नो जानकारी सेयर नगर्ने ह्वाटसएप अकाउन्टलाई एपले डिलिट वा डिएक्टीभेट नगर्ने भनेको छ ।

यो प्राईभेसी नीति मे १५ सम्ममा प्रयोगकर्ताहरुले स्वीकार्ने या अस्वीकार गर्ने भनेर निश्चित गरिसक्नुपर्छ । त्यसपछि पनि यो नीति नमान्नेहरुलाई एपले पटक पटक नोटिफिकेसन पठाएर स्वीकार गर्न लगाउँछ ।

मे १५ पछि पनि प्राइभेसी नीति नमान्नेलाई ह्वाटसएपले एपको फिचरहरु एकदमै कम गरिदिने बताएको छ । सर्वप्रथम एपमा च्याट लिस्टको पहुँच गर्न पाइँदैन् ।

प्रेषकले मेसेज पठाए या कल गरेमा मात्रै नीति अस्वीकार गरेको प्रयोगकर्ताले रिप्लाई गर्न पाउनेछन् नत्र त त्यो पनि मिल्दैन् ।

केही अझै हप्ता पनि प्रयोगकर्ताले यो नीति अस्वीकार गरेमा ह्वाटसएपले कसैले पठाएको मेसेज अथवा कल पनि सम्पूर्ण पठाउन छाडिदिन्छ ।

तपाईले एपमा असक्रियनै भईरहनु भयो भने ह्वाटसएपले १२० दिन पछि आफैनै अकाउन्ट डिलिट गरिदिनेछ ।