कीवर्डहरू -

इन्फोडेभलर्पसले सुरु गर्‍यो क्युआर कोडमा आधारित स्पट बैंकिङ सेवा

इन्फोडेभलर्पसले सुरु गर्‍यो क्युआर कोडमा आधारित स्पट बैंकिङ सेवा

इन्फोडेभलर्पसले स्पट बैंकिङ्ग सेवा पनि सार्वजनिक गरेको छ । सहकारी तथा लघुवित्तका सदस्यहरुले एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत यो सेवा प्रयोग गरि बिना झण्झ्ट सजिलै खातामा रकम जम्मा गर्न र निकाल्न सक्ने छन् ।

यो सेवाको प्रयोगबाट खातामा रकम जम्मा गर्न र निकाल्न सहकारी तथा लघुवित्त संस्था सम्म पुग्न नपर्ने र सो कार्य सहकारी तथा लघुवित्त संस्थाहरुले तोकिएको व्यक्ति अर्थात ‘स्पट लिडर’ बाट सजिलै कारोबार गर्न सकिने छ ।

कोभिड-१९ को पहिलो लहरले थिलथिलो बनाएको वित्तिय क्षेत्रलाई कोभिड-१९ को दोस्रो लहरले अझ बढी शिथिल बनाइरहेको सन्दर्भमा सहकारी तथा लघुवित्तहरुले पहिले जस्तो खुला रूपमा सदस्यहरुसंग सम्पर्क गरि बैंकिङ्ग कारोबार गर्न सम्भव छैन ।

यस परिस्थिति ध्यानमा राख्दै इन्फोडेभलर्पसले एमडबली मोबाईल बैंकिङमा स्पट बैंकिङ्ग सर्भिस (घरदैलो बैंकिङ्ग) को सुरुवात गरेको हो । यसको प्रयोग गरी सहकारी तथा लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई ‘स्पट लिडर’ को  नियुक्ति गरी आफ्नो गाउँ-ठाउँमै खातामा रकम राख्ने र निकाल्ने सुविधा उपलब्ध गराउन सक्नेछन् ।

स्पट लिडरहरुले एमडबली एपमा रहेको सहकारी तथा लघुवित्तहरुमा बैंक ट्रान्सफर गर्ने सुविधा प्रयोग गरी वास्तविक समयमा नै कारोबार गरेर त्यसको हिसाब मिलान गर्न सक्नेछन् ।

यसरी संस्था, स्पट लिडर तथा सदस्यहरु एक आपसमा भेट नगरी पूर्ण रुपमा बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । स्पट बैंकिङ्ग सेवाबाट सहकारी तथा लघुवित्त संस्थाहरुले आफ्ना ग्राहकहरुको आय अभिवृद्धि गर्ने कार्यमा मद्दत गर्नुका साथै स्पट लिडरबाट घरदैलो बैंकिङ्ग सेवा संचालन गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले जानकारी दिए।

स्पट बैंकिङ्ग सेवालाई संस्थाहरुले एटीएम सेवाको विकल्पको रूपमा प्रयोग गर्न सक्ने कुरा पनि उनले बताए । इन्फोडेभलर्पसले विकास गरेको एमडबली मोबाइल एपबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन ।

त्यस्तै सदस्यहरुले घरमै बसेर यो सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न,  ऋणको जानकारी लिन र तिर्न, तथा फोन, इन्टरनेट, टिभि रिचार्ज गर्न पनि सक्छन ।

साथै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्युआर भुक्तानी (फोन पे) गर्न, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न आदि कार्य पनि घरबाटै गर्न सक्छन।

विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फोडेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ्ग सिस्टमका साथै अन्य विभिन्न सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

हाल इन्फोडेभलर्पसमा झण्डै एक हजार भन्दा बढी सहकारी तथा लघुवित्त संस्थाहरु आवद्ध रहेका छन् । साथै कम्पनीले मोबाईल बैंकिङ, एटिएम, ई-बैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ ।

देशका अग्रणी भुक्तानी सेवा प्रदायकहरु इसेवा, खल्ती, आईएमई पे, प्रभु पेसँगको सहकार्यबाट एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई सफलतापूर्वक डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।