कीवर्डहरू -

आईओएसमा पनि उपलब्ध भयो मेरो कारोबार एप

आईओएसमा पनि उपलब्ध भयो मेरो कारोबार एप

मेरो कारोबार एप आईओएसमा पनि उपलब्ध भएको छ । साना तथा मध्यम पसलको हिसाब किताब आफ्नो फोनमै राख्न सकिने एप मेरो कारोबार आजदेखि आईओएसमा पनि उपलब्ध भएको हो ।

एप यसअघि एन्ड्रोइडमा मात्रै उपलब्ध थियो । मेरो कारोबार एप निःशुल्क प्रयोग गर्न सकिन्छ । बाइट केयर टेक्नोलोजीले बनाएको मेरो कारोबार एप गत मंसिरमा सार्वजनिक भएको थियो ।

‘एपमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विवरण तथा पैसा सबै कुरा राख्न मिल्छ भने कसैले केही दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्छ,’ वाइट केयर टेक्नोलोजीका संस्थापक तथा सीईओ समिर फुँलालले आइसिटी समाचारसँग भने ।

एपको युआई (युजर इन्टरफेस) मा समेत केही सुधार भएको छ । एपमा कारोबारको फोटो समेत अपलोड गर्न सकिने छ । एपमा आफ्नो आम्दानी र खर्च पनि ट्रयाक गर्न सकिने सुविधा थप हुन लागेको कम्पनीले जनाएको छ ।

मेरो खाता एपमा व्यक्तिगत रुपमा डिजिटल खाता बनाउन सकिने तथा लेनदेन ट्रयाक गर्न सकिने, ग्राहकको रिपोर्ट हेर्न वा डाउनलोड गर्न सकिने, पैसा जम्मा गर्न रिमाइनडर पाइने, डेटा अटोमेटिक ब्याकअप हुने, एप अनलाइन तथा अफलाइन प्रयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

एन्ड्रोइड फोनमा मेरो कारोबार एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । भने आईओएस फोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्ः मेरो कारोबार एप अब निःशुल्क प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग