कीवर्डहरू -

कोरोना संक्रमणबाट वर्ल्डलिंकका सह-संस्थापक जलानको निधन 

कोरोना संक्रमणबाट वर्ल्डलिंकका सह-संस्थापक जलानको निधन 

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका सह- संस्थापक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ ।

दुई सातादेखि उपचाररत ४६ वर्षे जलान बिहीबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

बैशाख १५ गते कोभिड परीक्षण गर्दा संक्रमण देखिएको थियो । संक्रमणछि उपचार गरिरहेका जलानलाई बीचमा सन्चो भएर घर फर्किएका थिए । तर,  संक्रमणले पुनः च्यापेपछि मेटिसिटी  अस्पतालमा भर्ना भएका थिए ।

मेटिसिटीमा भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा बिहीबार बिहान उनको निधन भएको हो ।

जलान वर्ल्डलिंकका तीन जना संस्थापकमध्ये एक हुन । उनका श्रीमति र एक छोरा छन् ।