कीवर्डहरू -

वातावरणमा नराम्रो असर पार्ने भन्दै टेस्लाले बिटकोइनबाट कारोबार नगर्ने

वातावरणमा नराम्रो असर पार्ने भन्दै टेस्लाले बिटकोइनबाट कारोबार नगर्ने

टेस्लाले वातावरणमा नराम्रो असर पार्ने भन्दै बिटकोइनबाट कारोबार नगर्ने भएको छ ।

टेस्लाका सिईओ एलन मस्कले ट्वीटरमा ट्वीट गर्दै बिटकोइन माइनिङ गर्दा धेरै फोसिल फ्युलको खर्च हुने हुँदा यसले वातावरणलाई असर पारिरहेकाले प्रयोग गर्न अप्ठयारो  भएको बताएका थिए ।

क्रिप्टोकरेन्सीले भविष्यमा एकदमै फाइदा गर्न सक्ने भएता पनि वातावरण भन्दा ठूलो केही नभएकाले टेस्ले अब यसको प्रयोग नगर्ने मस्कले बताएका छन् । गत साल गरिएको अन्वेषणले बिटकोइन माइनिङ गर्दा साधारणतया ७.४६ जिडब्लु ऊर्जा खपत हुने पाइएको थियो ।

किनिसकेको बिटकोइनलाई टेस्लाले विक्रि नगर्ने पनि बताएको छ । टेस्लाले प्रति कारोबार बिटकोइनको एक प्रतिशत ऊर्जा खपत गर्ने क्रिप्टोकरेन्सी खोजिरहेको पनि बताएको छ ।

स्पेसएक्सले डोगेकोइन कोष प्रयोग गर्ने विषयमा फरक पर्ने की पर्दैन भन्ने बारे पत्ता लागेको छैन् । कोइनबेसका अनुसार मस्कको यो निर्णयसँगै बिटकोइनको मूल्य २ हजार डलरले घटेको छ ।