कीवर्डहरू -

निषेधाज्ञामा डिजिटल माध्यमबाट रिचार्ज र भुक्तानी गर्न टेलिकमको आग्रह

निषेधाज्ञामा डिजिटल माध्यमबाट रिचार्ज  र भुक्तानी गर्न टेलिकमको आग्रह

निषेधाज्ञाको समयमा सरकारी स्वामित्व रहेको कम्पनी नेपाल टेलिकमले रिचार्ज तथा बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न ग्राहकहरुलाई आग्रह गरेको छ ।

टेलिकमले ग्राहकहरुलाई घरमै बसेर डिजिटल प्लेटफर्मको प्रयोग गरी इन्टरनेटको बिल तिर्न तथा रिचार्ज गर्न अनुरोध गरेको हो ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट लगायतका डिजिटल माध्यमको प्रयोग गरी घरमै बसेर सुरक्षित साथ टेलिकमको बिल भुक्तानी तथा रिचार्ज गर्न  सकिन्छ ।