कीवर्डहरू -

यस्तो छ सिलिन्डरमा अक्सिजन भर्ने प्रकृया 

यस्तो छ सिलिन्डरमा अक्सिजन भर्ने प्रकृया 
फोटो स्रोतः हिन्दुज बिजनेसलाइन डटकम

कोभिडको महामारी बढेसँगै अक्सिजनको माग पनि एकदमै बढ्दै गइरहेको छ । कोरोनाका कारण शरीरमा अक्सिजन कमी हुदा सास फेर्न गाह्रो हुन्छ ।

विरामीहरु अक्सिजनको अभावमा छट्पटिन बाध्य छन् । शरीरमा हुने त्यो कमीलाई आर्टिफिसियल अक्सिजनबाट पुरा गर्दै उपचार गरिन्छ ।

विरामीको दर बढ्दै जाँदा कर्मसियल अक्सिजनको निर्माण र ढुवानीको दर पनि बढ्दै गएको छ । संसारका विभिन्न देशहरुले अक्सिजन प्लान्टलाई अझै विकसित र व्यवस्थित गर्दै गईरहेका छन् ।

एक सिलिन्डर अक्सिजनका लागि छट्पटिरहँदा पक्कै पनि सिलिन्डरमा कसरी अक्सिजन भरिन्छ, यो कसरी उत्पादन हुन्छ भन्ने कौतुहलता धेरैमा छ ।

धेरैजसो कर्मसियल अक्सिजन ‘क्रिप्टोजेनिक डिस्टिलेसन’ प्रक्रिया प्रयोग गरेर निर्माण गरिन्छ । यो प्रक्रिया सन् १८९५ देखिनै सुरु भएको थियो ।

यो प्रक्रियाले ९९ प्रतिशत शुद्ध अक्सिजन बनाउने गर्छ । त्यस्तै अहिले भ्याकयुम स्वीङ एडजर्बसन प्रक्रिया कम ऊर्जा लिने हुँदा चर्चित बन्दै गईरहेको छ । यो प्रक्रियाले ९०–९३ प्रतिशत शुद्ध अक्स्जिन बनाउने गर्छ ।

\"\"

फोटो स्रोत : केलर ड्रक

तर, धेरै पहिले देखिनै क्रिप्टोजेनिक डिस्टिलेसन प्रक्रिया प्रयोग भइरहेकाले अहिले पनि धेरै देशहरुले यही प्रक्रियालाई रुचाउने गर्छन् ।

यसका निम्ति तलको प्रक्रिया प्रयोग गरिन्छ ।

\"\"

फोटो स्रोत : मेड हाउ डटकम

१. प्रिट्रिटिङ

अक्सिजन निकाल्दा क्रिप्टोजेनिक डिस्टिलेसन प्रक्रियामा हावा र कुनै नचाहिँदो वस्तु छुटयाउनका निम्ति एकदमै चिसो क्रिप्टोजेनिक सेक्सनमा रााखिन्छ ।

यसले पानीको वाफ, कार्बनडायक्साईड र अरु भारी हाइड्रो कार्बनलाई ठोस बनाउन मद्दत पु¥याउँछ । प्रक्रियामा अशुद्धता बन्ने बित्तिकै निकालेर हटाइन्छ ।

क. अशुद्धता हटाइएको शुद्ध हावालाई ६.५ एटिएम प्रेसरमा कम्प्रेस गरिन्छ जसलाई पछि कन्डेन्स गर्नलाई चिसो पाइपको माध्यमबाट पठाइन्छ ।

ख. त्यसपछि हावालाई मलिक्युलर सिभ एडर्जाेबरको माध्यमबाट पठाइन्छ । एडर्जाेबरमा जियोलाईट र सिलिका जेल एडर्जाेबेन्ट हुने गर्छ जसले बाँकी भएको कुनै पानीको वाफ, कार्बनडायक्साईड र अरु भारी हाइड्रो कार्बनलार्ई समाउँछ ।

ग. यति गरिसकेपछि एडर्जाेबरलाई फ्लस गरिन्छ र सबै अशुद्धता हटाइन्छ ।

२. अलग गर्ने प्रक्रिया

हावालाई अक्स्जिन, नाइट्रेजन र आर्गनमा डिसिटलेसन प्रक्रियाको माध्यमले छुटाइन्छ । यसका लागि तलको प्रक्रिया प्रयोग गरिन्छ । यसका लागि एकदमै कम तापक्रममा ग्यासलाई लिक्वीफाई गर्नुपर्छ ।

क. पहिले नै ट्रिटमेन्ट गरिसकेको हावालाई कम्प्रेसरमा हालिन्छ जहाँ प्रेसर बढ्ने गर्छ । यहाँ हावा चिसो हुने गर्छ र यसलाई वायुमडंलीय दवावसम्म विस्तार गरिन्छ जसले हावालाई अझै चिसो बनाउँछ ।

ख. यसपछि हावालाई एक जोड प्लेट फिन हिट एक्सचेन्जरमा पठाइन्छ । यसमा चिसो अक्सिजन र नाइट्रोेजन जाने गर्छ । त्यसपछि पुनः अक्सिजन र नाइट्रोजनलाई तताइन्छ । अन्ततः हावाको तापक्रम घटाएर सबैभन्दा उच्च बोइलिङ पोइन्ट भएको अक्सिजन तरल (लिक्विफाइ) हुन्छ ।

ग. यति प्रक्रिया समापन गरेर आएको एयर स्ट्रीम तरल र ग्यास हुने गर्छ । यसपछि हाई फ्रयाक्सन कलममा हालेर पुनः अक्सिजन तरल गरिन्छ । अक्सिजन, नाइट्रेजन र आर्गन उडेर जान्छ ।

घ. तरल अक्सिजनलाई फ्रयाक्सन कलमको तलबाट निकालिन्छ । यसले ९९.५ प्रतिशत शुद्ध अक्सिजन दिने गर्छ।

\"\"

फोटो स्रोत : हिन्दुस्तान टाइम्स

३.शुद्धिकरण

अहिलेसम्मको प्रक्रियाले ९९.५ प्रतिशत शुद्ध अक्सिजन दिन्छ। अक्सिजनलाई ९९.८ प्रतिशत शुद्ध अक्सिजन बनाउन केही मात्रामा रहेको आर्गनलाई पुनः हटाउनुपर्छ ।

यसका लागि पुनः हाई फ्रयाक्सन कलममा हालिन्छ । यसमा रहेको हाइड्रो कार्बनलाई हटाउन क्याटालिस्ट पनि प्रयोग गर्न सकिन्छ ।

४. वितरण

८० देखि ९० प्रतिशत अक्सिजनलाई पाइपलाइनको मद्दतले नजिकैको पावरप्लान्टबाट वितरण गरिन्छ ।

अक्सिनज बनाउनका निम्ति लामो प्रक्रिया रहेको कारण पनि अक्सिजन सबैतिर पु¥याउन गाह्रो भईरहेको हो ।
नेपालमा पनि यही समस्या भइरहेका कारण अझै धेरै पावरप्लान्टको स्थापना गर्नु एकदमै जरुरी देखिन्छ ।

\"\"

फोटो स्रोत : टाइम्स अफ इन्डिया

(विभिन्न साइटहरुको सहयोगमा )