कीवर्डहरू -

जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान

जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान


वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय कुमार जालानको निधनले इन्टरनेट सेवा उद्योग तथा समग्र देश कै आईसीटी उद्योगको लागि ठूलो क्षति भएको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले बताएको छ ।

कोभिड १९ संक्रमित जालानको बिहीबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बिहीबार आईस्पानले विज्ञप्ती जारी गर्दै जालानको असामयीक निधनले स्तब्ध भएको जनाएको छ ।

‘यो घटनाले इन्टरनेट सेवा प्रदायक संघको सिङगो परिवार नै मर्माहत भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘इन्टरननेट सेवा उद्योग र समग्र देश कै आईसीटी उद्योग समेतका लागि ठूलो क्षति भएको छ ।’

आईस्पानले यो दुखत घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै शोकाकुल जालान परिवार वर्ल्डलिंक परिवारमा हार्दिक समावेदना प्रकट गरेको छ ।