कीवर्डहरू -

रियलमीको सस्तो फोन सी ११ २०२१ नेपालमा, यस्ता छन् सुविधा

रियलमीको सस्तो फोन सी ११ २०२१ नेपालमा, यस्ता छन् सुविधा

रियलमीको बहुप्रतिक्षित मोबाइल फोन रियलमी सी ११ २०२१ नेपालमा सार्वजनिक गरिएको छ । बिहीबार रियलमी सी ११ २०२१ नेपालमा सार्वजनिक भएको हो ।

विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी युवाजमात माझ इन्ट्रीलेभल फोनको विगत दृस्टीकोणलाई परिवर्तन गरी शानदार उपस्थिति जनाएको फोनको रुपमा चिनिन्छ ।

रियलमी सी ११ २०२१ अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ ।

रियलमी सी ११ २०२१ मा ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रुपमा राखि मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।

यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । ‍यसमा सफ्टवेयर अप्टिमाइजेशन विशेषताहरु पनि छन् ।

६.५ इन्च डिस्प्ले भएको फोनमा २ जीबी ड्यु र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेजलाई २५६ जीबी सम्मको माइक्रोएसडी कार्ड राखेर बढाउन सकिन्छ ।

एन्ड्रोइड ११ मा आधारित रियलमी युआई संस्करणको यस फोनले उपभोक्तालाई अधिक आनन्द र सहज उपयोगको अनुभूति दिने कम्पनीले बताएको छ । रियलमी सी ११ २०२१ मा एलइडी फ्ल्यासका साथ ८ मेगापिक्सेल पछाडिको क्यामेरा र अति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लट जस्ता चाहिने सबै आधारभूत विशेषता यसमा छन् । नेपाली बजारमा रियलमी सी ११ २०२१ को मूल्य १२ हजार ९९० रूपैयाँ रहेको छ ।