कीवर्डहरू -

६ जीबी र्‍याम सहित रेडमी नोट १० प्रो नेपालमा, कति होला मूल्य ? 

६ जीबी र्‍याम सहित रेडमी नोट १० प्रो नेपालमा, कति होला मूल्य ? 

नेपाली बजारमा रेडमी नोट १० प्रो सार्वजनिक भएको छ । ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको रेडमी नोट १० प्रो स्मार्टफोन शुक्रबार नेपालमा सार्वजनिक भएको हो ।

फोनको डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ । यस फोनमा ८ एनएमको स्न्याड्रयागन ७३२ जी प्रोसेसर राखिएको छ ।

रेडमी नोट १० प्रोमा एड्रेनो ६१८ जीपीयु उपलब्ध छ । यसमा ४ रियर क्यामेरा छन् । जसमा १०८ मेगापिक्सेल प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेल म्याक्रो सेन्सर र २ मेगापिक्सेल डेप्थ सेन्सर छन् । फोनमा १६ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ ।

नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजका साथ रेडमी नोट १० प्रो उपलब्ध भएको छ । यसमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ । फोनमा ५०२० एमएएचको ब्याट्री रहेको छ । जसले ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ ।

नेपाली बजारमा रेडमी नोट १० प्रोको मूल्य ३३ हजार ९९९ रूपैयाँ तोकिएको छ । साओमीका स्टोरहरुमा यो फोन चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।