कीवर्डहरू -

नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताले एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी

नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताले एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी

नेपाल टेलिकमको सिम प्रयोग गर्नेले अब एसएमएसबाटै शेयर बजार सम्बन्धि जानकारी लिन सक्ने भएका छन् । यसअघि यो सुविधा एनसेलका ग्राहकहरुलाई मात्रै उपलब्ध थियो ।

मेरो लगानी डटकमले निश्चित तोकिएको शुल्क तिरेर एसएमएस सुविधा उपलब्ध गराएको हो । इन्टरनेटको पहुँचमा नभएका लगानीकर्तालाई लक्षित गरी शेयर बजार सम्बन्धि जानकारी दिन एसएमएस सुविधा उपलब्ध गराएको बताइएको छ ।

एसएमएसबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर, हकप्रदको जानकारी पाउने छन् । साथै नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम तथा नाफा कमाउने र गुमाउने कम्पनीको जानकारी पाइने छ ।

नेपाल टेलिकमका ग्राहकले *३१०५१# डायल गरी एसएमएस सेवा र पोडकास्ट सेवा लिन सेवा लिन सक्ने छन् । यसका लागि एसएमएस अर्लटको हप्ताको २० रुपैयाँ र पोडकाष्ट सुन्न पनि हप्ताको २० रुपैयाँ तिनुपर्ने छ । पाेडकाष्टबाट शेयर बजारका सूचना,समाचारमात्र बजारबारे भएकाे छलफल पनि सुन्न सकिने छ ।

त्यस्तै एनसेलका सिम प्रयोगकर्ताले *१७१७४# डायल गरी एसएमएस सेवा लिन सेवा लिन सक्ने छन् । यसका लागि एसएमएस सेवाको हप्ताको २६ रुपैयाँ र तीन दिनका लागि १० रूपैयाँ तोकिएको छ ।