कीवर्डहरू -

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाट भएको छ । आज सीईडीबी हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।

आईपीओमा कुल १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य र बाँकीको आवेदन अयोग्य भएको थियो ।

गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले सेयर १० कित्ताका दरले शेयर पाएका छन् ती मध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

यसरी हेर्नुहोस् आईपीओको नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओको नतिजा अनलाइन मार्फत चार तरिकाबाट हेर्न सकिन्छ । आईपीओको नतिजा मेरो शेयर , सीडीएससीको रिजल्ट हेर्न वेबसाइट , कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइट मा गएर नतिजा हेर्न सकिन्छ ।