कीवर्डहरू -

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । लैगिंक समानताका लागि भारतका सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको थियो साथै सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला प्राप्त गरेको थियो ।

महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको यो अभियान नेपालमा पनि औपचारिक रुपमा सुरु भएको छ ।

सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा भर्चुअल कार्यक्रम आयोजना गरि नेपालमा यो अभियान सुरु गरिएको हो ।

नेपाल इन्टरनेट फाउण्डेसनको नेतृत्वमा सञ्चालन गरिएको सेल्फी विथ डटर अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि फाउण्डेसनले घोषणा गरेको छ ।

यो अभियानले सुरु गरेको प्रतियोगिता हो जसमा हरकोही नेपालीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् ।

यो अभियानको प्रतियोगिता अन्तराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो र यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिनेछ ।

यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित २१,००० रुपैयाँ नगद पाउनेछन् ।

त्यस्तै दोस्रो स्थान हासिल गर्न सफल भएको सेल्फीले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित ११,००० रुपैयाँ नगद पाउनेछ ।

तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेट सहित ५१,०० रुपैयाँ नगद पाउनेछन् ।

‘बेस्ट सेल्फी विथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि ‘एम्बासेडर फर सेल्फी विथ डटर’ अभियानमा छनौट गरिनेछ ।

यस अभियानमा सहभागी हुनका लागि आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ ।

त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।