कीवर्डहरू -

साथीमार्टले बिर्तामोडमा पनि नि:शुल्क होम डेलिभरी गर्ने

साथीमार्टले बिर्तामोडमा पनि नि:शुल्क होम डेलिभरी गर्ने

अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालकै ठुलो रिटेल चेन स्टोर साथीमार्टले निशेधाज्ञाको समयमा काठमाडौमा सुरु गरेको अनलाइन सपिङको दायरा बढाउँदै बिर्तामोडमा पनि बिस्तार गरेको छ।

अनलाइन शपिङ गर्न साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM)  मा आफुलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। कम्पनीले हाल वेबसाइटको बेटा भर्सन सार्वजनिक गरेको हो।

अर्डर गरेको २४ घन्टा भित्र नि:शुल्क डेलिभरी गर्ने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । साथीमार्टको अनलाइन सपिङ्गमा काठमाडौमा ग्राहहरुको उत्साहजनक सहाभागीता पछि उपत्यका बाहिर बिर्तामोडबाट सुरु गरिएको पोख्रेलले जानकारी दिए।

अनलाइन शपिङमा २० प्रतिशत सम्म छुटको प्रदान गरिने पोख्रेलले बताए। हाल काठमाडौ उपत्यकामा र बिर्तामोडमा लागू गरिएको अनलाइन अर्डर छिट्टै देशभर सन्चालन गरिने बताइएको छ।

निशेधाज्ञाको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अनलाइन सपिङलाई जोड दिइएको पोख्रेलको भनाइ छ। साथै सम्बन्धित निकायले तोकेको समयमा स्वास्थ्य सुरक्षाको प्रावधानलाई पालना गरेर मार्टहरु सन्चालन हुने बताइएको छ।