कीवर्डहरू -

चीनियाँ यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण, अमेरिका पछि यान अवतरण गराउने दोस्रो देश 

चीनियाँ यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण, अमेरिका पछि यान अवतरण गराउने दोस्रो देश 

मंगल ग्रहमा चीनियाँ यान सफलतापूर्वक अवतरण गरेको छ । बेइजिङको समय अनुसार २४० किलोको उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको हो ।

मंगल ग्रहमा यान अवतरण गराउनेमा चीन दोस्रो बनेको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा यान अवतरण गराएको थियो । जुरोङ रोबोटलाई तिआन्वेन-१ अभियानमार्फत फेब्रुअरीमा मङ्गल ग्रहमाथि पुर्‍याइएको हो ।

६ वटा पाङ्ग्रा भएको रोबटमा क्यामेरा पनि जडान गरिएको छ । क्यामराले तस्वीर खिच्ने र दिशा पत्ता लगाउन सहयोग गर्नेछ ।

यो यानले सौर्य ऊर्जाबाट काम गर्छ । २४० किलोको सो यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिइएको थियो ।