कीवर्डहरू -

फेसबुक सामग्री समीक्षकः प्रत्येक दिन डरलाग्दो अनुभव 

फेसबुक सामग्री समीक्षकः प्रत्येक दिन डरलाग्दो अनुभव 
फोटो स्रोतः बीबीसी

फेसबुकमा काम गर्ने एक जना सामग्री समीक्षक (फेसबुक मोडेरेटर)ले संसदीय समितिमा पहिलो पटक मनावैज्ञानिक समस्या भोग्नु परेको बताएकी छन् ।

फेसबुकमा ‘कन्टेन रिभ्यु’ गर्ने समीक्षकले दिनको आठ घण्टासम्म ‘ग्राफिक’ सामग्री हेर्नु परेको आइरिश संसदमा खुलाएकी छिन् ।

कानुन फर्म फोक्सग्लोभ र कम्युनिकेसन वर्कर युनियनले मध्यस्थकर्ताहरूको प्रतिनिधित्व गर्दै राम्रो मनोवैज्ञानिक समर्थन र बोल्ने स्वतन्त्रताको लागि आग्रह गरेका छन् ।

फेसबुकले भने आफ्ना स्टाफलाई चौबिसै घण्टा सहयोग गरिरहेको बताएको छ । इसाबेल्ला प्लुङकेटले फेसबुक सामग्री मध्यस्थकर्ताको रूपमा काम गरेको दुई बर्षभन्दा बढी भएको छ, र अझै पनि त्यहिँ नै काम गर्छिन् ।

उनको काम फेसबुक प्लेटफर्ममा आएका पोष्टहरूको समीक्षा गर्नु हो– जसमा हिंसा, शोषण, चरमपन्थी, दुरुपयोग र आत्महत्या जस्ता कन्टेन्टहरु समावेश भएका हुन्छन् ।

फेसबुकमा जागिरको सम्झौता हुदा नन डिस्क्लोजर एग्रिमेन्ट (एनडिए) मा हस्ताक्षर गरेको कारणले २६ वर्षीया प्लुङकेटले काम गर्ने शिलशिलामा आफूले देखेका दृष्यहरुका बारेमा साथी वा परिवारलाई भन्न नसक्ने बताएकी छन् ।

आयरल्याण्डको उद्योग, व्यापार तथा रोजगारी संसदीय उप समितिमा उनले बोल्ने आँट गरेकोमा प्रशंसा गरियो ।

इसाबेला बिबिसीसँग पनि बोलिन

‘म यहाँ बेलिरहेकी छु र मलाई यसरी बाहिर बोल्नु हुन्छ कि हुदैन भनेर थाहा छैन,’ उनले भनिन् । ‘यो कुरा स्पष्ट छ कि हामीले हाम्रो कामको बारेमा बोल्न सक्दैनौं, हामी हाम्रो कामको बारेमा साथी, परिवारसँग बोल्न सक्दैनौं....र पक्कै पनि यो काम गर्ने ठाउँको गोपनीयता कुरा पनि छ ।’

एनडीए स्टान्डर्ड प्राक्टिस भए पनि उनीहरुले आफ्नो कामको बारेमा डाक्टर र परामर्शदातासँग खुलेर आफ्नो कामको बारेमा छलफल गर्न सक्ने फेसबुकले बिबिसीलाई बताएको छ ।

कर्मचारीले आफ्नो कामको सामान्य समस्या र पुरस्कारको बारेमा आफ्नो परिवार र प्रियजनसँग कुरा गर्न सक्नेछन् तर आफूले देखेका कन्टेनको विस्तृत विवरण बारे बोल्न पाउदैनन् ।

मानसिक स्वास्थ्य

‘मैले यो काम दुई बर्ष गरिसकेकी छु र मलाई लाग्दैन कि अब म अझै लामो समयसम्म गर्न सक्छु किनभने यो कामले मानसिक स्वास्थ्यमा एकदमै धेरै तनावको सिर्जना गर्दछ,’ इसाबेलाले बीबीसीलाई भनन् ।

‘अफिस आउने, घर फर्कन र सबै बिर्सने खालको यो सामान्य काम होइन– मैले काम गर्दा हेरेको कन्टेन्टहरु दिमागमा साँच्चिकै गडेर बसेका हुन्छन् जसले मेरो भित्र त्रास पैदा गर्छ ।’

इसाबेलाले दिनको करिब १०० ‘टिकट’ प्रशोधन गर्छिन् । यसमा भिडियो, ईमेज वा प्लेटफर्ममा टेक्स्ट पोष्टहरू हुन सक्छन् । उनको अनुसार यस्तो पोस्टमा प्रायः जसो ग्राफिक हिंसा, आत्महत्या, शोषण र दुरुपयोग जस्ता कन्टेन्टहरु समावेश गरिएको हुन्छन् ।

उनले  आयरल्याण्डको सबैभन्दा ठूला फेसबुक कन्ट्याक्टर कोभालेनमा काम गर्छिन् । उनलाई घरबाट पनि काम गर्न अनुमति नभएको दावी गर्छिन् तर फेसबुकमा प्रत्यक्ष काम गरिरहेका उनका सहकर्मीहरुले घरबाट पनि काम गर्न पाईरहेका छन् ।

यस कारण, अफिस भइरहने कारणले अझ धेरै ग्राफिक कनटेन्ट हेर्नु परेको उनी बताउँछिन् ।

एउटा डरलाग्दो अनुभव

‘उच्च प्राथमिकताका सूचिहरु– डरलाग्दा हिंसा, बच्चाका क्रियाकलाप, शोषण र आत्महत्या जस्ता सामग्री घर बसेर काम गर्नेले हेर्नु पर्दैैन, हामीलाई बोझ थपिएको छ ।’

घरमा परिवारसँग सुरक्षित बस्नुको सट्टा उनलाई अफिस आउन भनिएको छ र चिन्ता बढाएको छ । ‘हरेक दिन मेरा लागि डरलाग्दो अनुभव थियो, उनले भनिन्, ‘हामीलाई दिएको सहयोग प्रयाप्त छैन ।’

सबै मध्यस्थकर्तालाई मनोवैज्ञानिक मद्दत चौबिसै घण्टा उपलब्ध गराइएको फेसबुकले जनाएको छ । तर इसाबेला दाबी गर्छिन कि फेसबुकको स्वास्थ्य प्रशिक्षकहरु योग्य मनोचिकित्सकहरू जस्ता छैनन् ।

‘मैले स्वास्थ्य टीमलाई भेटिरहेकी थिएँ तर मलाई आवश्यक सहयोग पाएको महसुस भएन् । म घर जाँदा ढुक्क भएर कहिले पनि जान पाइनँ र मेरो यो काम सुरु भएदेखि मैले राम्ररी सुतेकी पनि छैन । यो सम्भावना पनि छैन,’ उनले थपिन ।

‘यो मानसिक त्रासले मलाई घरसम्मै पछ्याउँछ । घरमा टिभी हेरिरहेको बेलामा पनि डरलाग्दा दृष्य आउँछन् ।’ सब–कन्ट्राक्टेड कर्मचारीलाई हप्ताको ढेड घण्टा चिकित्सक सहयोग प्रदान गरिन्छ जसलाई प्रशिक्षकसँग बोल्न, हिंड्न वा अप्ठ्यारो महसुस गर्दा फ्रेस हुन प्रयोग गर्न सकिन्छ ।

‘तर यो  पर्याप्त छैन । सपनामा पनि काम गर्दाका कन्टेन आउँछन् । म सम्झन्छु, यी मेरो मनमा पटक पटक आउँछन् । यो डरलाग्दो छ ।’

‘अब के आउँछ भनेर तपाईलाई कहिले पनि थाहा हुदैन र यी सबै पूर्णरुपमा हेर्नु पर्छ, किनभने यी हिंसात्मक हुनसक्छन् ।’

पिटीएसडी घोषणा

इसाबेलाका अनुसार केही फेसबुक मध्यस्थकर्ताहरूलाई काम सुरू गर्नु अघि नै डिस्क्लेमरमा हस्ताक्षर गर्न लगाइएको हुन्छ, जसमा जागिरमा देखिएको सामग्रीले खराब मानसिक स्वास्थ्य र पिटीएसडी (पोस्ट ट्रोम्याटिक स्ट्रेस डिसअर्डर) निम्त्याउन सक्छ ।

समितिमा सम्झौताको एउटा उदाहरण प्रस्तुत गरियो, ‘यो कन्टेन एक्पोजरले मलाई ट्रोम्याटिक डिसअर्डर हुनसक्छ ।’

‘म अनिवार्य स्वास्थ्य कोचिङमा भाग लिनेछु तर मलाई थाहा छ यो यी सर्तहरु होइनन् र पिटीएसडीको सम्झौता रोक्न प्रयाप्त हुन नसक्ला ।’

एक फेसबुक प्रवक्ताले भनिन, ‘फेसबुकको लागि सामग्री समीक्षा गर्ने व्यक्तिले फेसबुकको सामुदायिक मापदण्डमा गहन प्रशिक्षण कार्यक्रममा भाग लिएको हुन्छ र आफू स्वस्थ भएको निर्कोल गर्न मनोवैज्ञानिक परामर्शको सहयोग हुन्छ ।’

‘केही सामग्रीको समीक्षा गर्न गाह्रो छ भन्ने कुरालाई मनन गरेर हाम्रा सहकर्मीलाई सहयोग प्रदान गर्न हामी प्रतिवद्ध छौं,’ उनले भनिन् ।

‘आयरल्याण्डमा सातै दिन चौविसै घण्टा तालिम प्राप्त व्यक्तिसँग साइट सर्पोटको काम हुन्छ, जागिर सुरु भएको पहिलो दिन देखि एउटा कलमा स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।’

‘त्यस्ता कन्टेनलाई जति सकेको कम गराउन प्राविधिक सहयोग पनि हामीसँग छ । यो महत्वपूर्ण विषय हो र यो सम्बोधन गर्न हामी प्रतिवद्ध छौं ।’

प्राविधिक समाधानहरू

फेसबुकले सामग्री समीक्षा गर्न मेशिन लर्निंग एल्गोरिदम र मानव मध्यस्थकर्ता सँगै प्रयोग गर्छ । फेसबुकले भविष्यमा मानव मोडेरेटरलाई कम गर्दै लैजाने सोचेको छ ।

तर इसाबेलाको अनुसार यो एक फेसबुक ‘फ्यान्टेसी’ मात्रै हो, र फेसबुकले भनेको भविष्यमा लागु हुँदैन । संसदीय समितिमा बोल्दै इसाबेलाले भनिन्, ‘एनडीए प्रक्रियाले मानिसहरूलाई तर्साउँने र आफ्नो जागिर गुमाउने डरले उनीहरुले केही बोल्न आँट गर्दैनन् ।’

उनले फेसबुकमा एक आन्तरिक संचार प्लेटफर्ममा कर्मचारीहरुले आफ्नो कुरा राख्दा फेसबुकले ती पोस्टहरुलाई डिलिट गरिदिएको पनि बताइन् । फेसबुकले यी दावीहरूलाई ठाडै अस्वीकार गर्यो र कर्मचारीहरुलाई कुनै अनुशासनको कारबाही नगरेको पनि बताएको छ ।

‘कर्मचारीहरु उनीहरुको उपचारमा गुनासो गरिरहेका थिए, के भइरहेको छ, उनीहरूले कसरी असुरक्षित छन् भन्ने महसुस गरे,’ इसाबेलाले समितिमा भनिन्, ‘यो स्पष्ट थियो कि ति प्रतिक्रिया सेन्सर गरियो किनभने कमेन्ट डिलिट भए, अकाउन्ट डिसेबल गरियो ।’

उनले आफ्नो अनुभवका आधारमा प्रमाण दिन बाध्य भएको भन्दै भनिन्,‘मलाई यस्तो महसुस भयो कि मैले यो गर्नु आवश्यक छ, उनले आफ्नो बयानमा भनिन् ‘जो बोल्न डराउँछन, जो धेरै जिम्मेवारी महसुस गर्नुपर्छ र जो बोल्न जोखिम उठाउन सक्दैनन उनीहरुका लागि मैले बोल्न आवश्यक छ ।’

(यो सामग्री बिबिसी डटकमबाट अनुवाद गरिएको हो)