कीवर्डहरू -

कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड बढी फिरौती रकम

कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड बढी फिरौती रकम

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याकरलाई अमेरिकाले ६ करोड रूपैयाँ बढी फिरौती रकम दिएको छ ।

ह्याक गर्ने ह्याकरको समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले फिरौती रकम दिएसँगै इन्धन पाइपलाइन पुनः सुचारू भएको छ ।

कोलोनियल कम्पनीले उक्त ह्याकरको समूहलाई ५ लाख डलर फिरौती भुक्तानी गरेको हो । अमेरिका सरकार र कोलोनियल कम्पनीले ह्याकरले मागे अनुसार रकम दिएको वा नदिएको कुनै किसिमको जानकारी दिएका छैनन् तर सीएनएन, न्युयोर्क टाइम्स, ब्लुम्बर्ग तथा वालस्ट्रिट जर्नलहरुले विभिन्न सूत्रहरुलाई उद्धृत गर्दै ह्याकरलाई रकम तिरेको दावी गरेका छन् ।

कोलोनियल पाइपलाइन दैनिक २५ लाख ब्यारेल इन्धन आपूर्ती गर्छ । यो पाइपलाइन ८ हजार ९ सय किलोमिटर लामो छ ।

बीबीसीको सहयोगमा