कीवर्डहरू -

सरकारलाई महावीरको सुझाबः बिग्रेका प्लान्ट बनाऊ, अक्सिजन कन्सनट्रेटर छिटो ल्याऊ

सरकारलाई महावीरको सुझाबः बिग्रेका प्लान्ट बनाऊ, अक्सिजन कन्सनट्रेटर छिटो ल्याऊ

अस्पतालहरुमा अक्सिजनको महामारी भएपछि सरकारले अन्य स्रोतहरु खोज्न थालेको छ  । यसैबीच मन्त्रीहरु विभिन्न इनोभेसनका काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग भेटेका छन् ।

आईतबार उद्योग, वाणीज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसँग उनको उद्योग, वाणीज्य तथा आपूर्ती मन्त्रालयमा भेट भएको थियो ।

शनिबार पनि मन्त्री, सह सचिव र नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत राष्ट्रिय आविष्कार केन्द्र पुगेका थिए । विदेशबाट सामानहरु ल्याउँदा सहयोग गर्ने वचन मन्त्रीहरुबाट पाएको पुनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्रलाई मात्र नभएर अन्य व्यक्तिले विदेशबाट ल्याउन सामान ल्याउन सहयोग गर्ने मन्त्रीले बताएको पुनले जानकारी गराए ।

मन्त्रीहरुलाई पुनःले विभिन्न सुझाब दिएका छन् । बिग्रेका अक्सिजन प्लान्ट बनाउन उनले आग्रह गरे । त्यस्तै, अहिले अक्सिजन सिलिण्डर नपाएर हाँहाँकार भइरहेको बेला अक्सिजन कन्सनट्रेटर ल्याउनु पर्ने उनको सुझाब छ ।

अक्सिजन कन्सनट्रेटरले अहिलेको अक्सिजन अभावलाई पुरा गर्ने भएकाले ति मेसिन ल्याउन पहल गर्नुपर्ने उनको सुझाब छ ।

त्यस्तै, पुनले सरकारले खर्च गर्न नसकेको विकास बजेटलाई कोरोनासँग लड्न खर्च गर्न सुझाब दिएका छन् । मन्त्री ढकालले आविष्कार केन्द्रलाई के के आवश्यक छ त्यसको लागि सक्दो सहयोग गर्ने बताएको पुनले जानकारी गराए ।

यस आविष्कार केन्द्रले कोरोना महामारी सुरु भएसँगै विभिन्न काम गर्दै आएको छ । पीपीई बनाउनेदेखि अक्सिजन उपलब्ध गराउन विभिन्न काम गरिहेको छ ।