कीवर्डहरू -

एन्ड्रोइड १२ मा नोटिफिकेसन र विजेटमा परिवर्तन आउँन सक्ने

एन्ड्रोइड १२ मा नोटिफिकेसन र विजेटमा परिवर्तन आउँन सक्ने

एन्ड्रोइड १२ मा अब नोटिफिकेसन र विडजेटमा परिवर्तन आउँन सक्ने भएको छ । यसको बारेमा गूगलले आफ्नो आई/ओ २०२१ को कन्फेरेन्समा बताउने छ ।

यसका फिचरहरुमा केही बदलाव आउन सक्ने अनुमान लगाइएको छ ।  सबैभन्दा उल्लेखनीय कुरा, एन्ड्रोइड १२ ले समूहगत साथ सूचनाहरू पुनः सुधार गर्नेछ ।

लक स्क्रीनमा पनि पिल भन्ने आईकन हुनेछ जसले प्रयोगकर्ताले कुनकुन नोटिफिकेसन छुट्याएको छ भनेर देखाउँछ ।

विजेटमा पनि नयाँ फिचर ल्याउनका निम्ति एन्ड्रोइड १२ मा नयाँ घडी र मौसमको अप्सन राख्ने जनाइएको छ । यो अपडेटमा केही भिज्युअल परिवर्तन पनि गरिनेछ ।

विजेटमा केही ट्रान्जिसन र एफेक्ट पनि राखिनेछ । यो आई/ओ २०२१ म पिक्सेल ६ को बारेमा पनि बताइने अनुमान लगाइएको छ ।