ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि विकास भएको छ । स्ट्यानफोर्ड विश्वविद्यालयले यो आविष्कार गरेको हो ।
यसले साधारणतया अरु व्यक्तिकै टाइपिङ स्पीड जतिमै प्यारालाईसिस भएको व्यक्तिलाई पनि लेख्न मद्दत पुर्याउन सक्छ ।
यो नयाँ उपायले दिमागमा सोचेको ह्याण्डराइटिङाई कम्प्युटरमा टेक्स्टमा परिणत गर्ने गर्छ । यसलाई माइण्डराईटिङ पनि भनिन्छ । यो उपकरणले लेद्या ९४.१ प्रतिशत शुद्धता दिने गर्छ ।
यसलाई पहिलेको उपकरणसँग जोडेर झनै राम्रो परिणाम आउने गरीे प्रयोग गर्न सकिन्छ । यो आविष्कारलाई स्पाईनल कर्ड विरामी र लाउर गेघरिग रोग लागेको ले पनि प्रयोग गर्न सक्नेछन् ।