कीवर्डहरू -

आजदेखि टेलिकमको भीओएलटिई परीक्षण, यी फोनमा चल्नेछ भीओएलटिई

आजदेखि टेलिकमको भीओएलटिई परीक्षण, यी फोनमा चल्नेछ भीओएलटिई

नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाजको अवसरमा टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको हो ।

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको छ । प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटिई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भीओएलटिई एक्टिभेट गर्नुपर्दछ ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटिईको संकेत देखापर्दछ ।

भीओएलटिईको संकेत देखापरेपछि *१११# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेटभीओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

यी फोरजी मोबाइलमा प्रयोग गर्न सकिने छ भीओएलटिई सेवा

सामसङ

टेलिकमको भिओएलटिई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।

त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।

साओमी

साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए मोबाइलमा चल्नेछ ।

नोकिया

नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४ फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

नेपाल टेलिकमले अन्य मोबाइल सप्लायरसँग पनि फोनमा भीओएलटिई सपोर्ट ल्याउन काम गरिरहेको छ ।