कीवर्डहरू -

कहाँ कहाँ प्रयोग गर्न सकिन्छ टेलिकमको भीओएलटिई सेवा ? 

कहाँ कहाँ प्रयोग गर्न सकिन्छ टेलिकमको भीओएलटिई सेवा ? 

नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाजको अवसरमा टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको हो ।

नेपाल टेलिकमले ग्राहकको माग अनुसार चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको छ । प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस क्वालिटिमा कुराकानी गर्न सकिने छ ।  भीओएलटिई सेवा देशभरका टेलिकमको फोरजी कभरेज भएका क्षेत्रमा उपलब्ध रहेको छ ।

भीओएलटिईबाट कल गर्दा यसले कुनै डेटा उपयोग गर्दैन् । सामान्य कलहरु गर्दा लाग्ने शुल्क नै लाग्ने गर्दछ ।टेलिकमको भीओएलटिई सेवा हाल सामसङका ३१ वटा, साओमीका ५ वटा र नोकिया ३ वटा मोडेलमा प्रयोग गर्न सकिने छ । अन्य मोबाइलमा पनि भीओएलटिई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको छ ।

नेपाल टेलिकमका सेवाग्राहीले *४४४# डायल गरी प्राप्त निर्देशनको आधारमा सिममा भीओएलटिई एक्टिभेट गर्न सक्छन् । तर यो सेवा प्रयोग गर्न भीओएलटिई सपोर्ट गर्ने फोरजी मोबाइल हुन जरूरी छ ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटिईको संकेत देखापर्दछ ।

भीओएलटिईको संकेत देखापरेपछि *१११# डायल गरेर नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेटभीओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध हुनेछ ।

यदी तपाईसँग टेलिकमको भीओएलटिई सेवा सम्बन्धि कुनै जिज्ञासा वा कुन मोबाइलमा यो चल्छ भन्ने थाहा छैन् भने यहाँ क्लिक गरी जानकारी लिन सकिने छ ।