कीवर्डहरू -

भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ

भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ

नेपाल टेलिकमले आज सोमाबरदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको छ ।

प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ । ग्राहकको माग अनुसार चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

भीओएलटिई (भ्वाइस ओभे एलटिई) एक विकसित प्रविधि हो । जसले फोरजी नेटवर्क मार्फत भ्वाइस कलमा उच्च गुणस्तरको आवाज प्रदान गर्नेछ । भीओएलटिईबाट कल गर्दा ब्याकग्राउण्डको नोइज पनि कम हुन्छ ।

भीओएलटिई बारे बारम्बार सोधिन नौं प्रश्नहरुमा नेपालल टेलिकमको जवाफ दिएको छ ।

भीओएलटिईको प्रयोग कसरी गर्ने ?

१.    भीओएलटिई प्रयोग गर्न तपाईसँग भीओएलटिई भएको फोरजी मोबाइल फोन सेट हुन जरूरी छ ।
२.    तपाईको मोबाइल बनाउने कम्पनीले नयाँ सफ्टवेयर अपडेट केही दिएको छ की छैन् त्यो निश्चित गर्नुहोस् ।
३.    तपाईले टेलिकमको फोरजी सिम प्रयोग गर्नुभएको छ की छैन् त्यो निश्चित गर्नुहोस् ।
४.   तपाईको फोनमा भीओएलटिई भ्वाइस कलिङ फिचर इनेबल छ की छैन् त्यो हेर्नुहोस् । त्यसका लागि एन्ड्रोइडको सेटिङमा जानुहोस् । त्यसपछि मोबाइल नेटवर्कमा जानुहोस् र भीओएलटिई कल अन गर्नुहोस ।
५. एउटै मोबाइलमा दुईवटा सीम प्रयोग गर्नेले टेलिकमको फोरजी सिम फोरजी÷थ्रीजी÷टुजी (अटो) नेटवर्क मोडमा राख्नुपर्छ ।

के तपाईको क्षेत्रमा भीओएलटिई उपलब्ध छ ?

देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध छ ।

सिम र मोबाइलमा कसरी भीओएलटिई सेवा एक्टिभेट गर्ने ?
टेलिकमको सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सुरुमा *४४४# डायल गर्नुपर्छ । त्यसपछि भीओएलटीई सेवा एक्टिभेट गर्ने अप्सन छानेर भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ ।

मोबाइलमा पनि भीओएलटिई सेटिङ इनेबल गर्नुपर्छ । त्यसपछि तपाईको फोनमा भीओएलटिई एक्टिभेट हुन्छ । केही नयाँ डिभाइस र सफ्टवेयर भर्सनमा भीओएलटिई सेटिङ नहुन सक्छ । यस्तो अवस्थामा भीओएलटिई डिफल्ट रूपमा इनेबल हुनेछ ।

म भीओएलटिई सेवामा छु भनेर कसरी थाहा पाउने ?

एन्ड्रोइड प्रयोगकर्ताले ‘HD/VoLTE’ आइकन स्क्रीनको टप बारेमा देखिने छ । साथै *१११# डायल गरेर पनि तपाई भीओएलटिई सेवामा भएको भेरिफाइ गर्न सकिन्छ ।

भीओएलटिईमा शुल्क कति छ ?

भीओएलटिईमा कुनै थप शुल्क छैन । भीओएलटिई भनेको राम्रो नेटवर्कका लागि एउटा सुविधा मात्रै हो ।

भीओएलटिई सेवाका लागि मैले छुट्टै प्याक एक्टिभेट गर्न आवश्यक छ ?

छैन् । अहिले भएकै योजनाले भीओएलटिई सपोर्ट गर्छ ।

भीओएलटिईको कुनै प्रमोसनल अफर छ ?

छ । एकपटक भीओएलटिई इनेबल गरेपछि *१११# डायल गरेर  १०० मिनेट निःशुल्क भीओएलटिई भ्वाइस कल पाउन सकिन्छ । जसको अवधि २८ दिन रहेको छ ।

के भीओएलटिई कलले डाटा उपयोग गर्छ ?

भीओएलटिई कलले डाटा उपयोग गर्दैन् । यसमा अरू बेला सामान्य कलहरुमा जस्तै शुल्क लाग्छ ।

कुन कुन फोनमा चल्छ टेलिकमको फोरजी ?

सामसङ

टेलिकमको भिओएलटिई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।

त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।

साओमी

साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए मोबाइलमा चल्नेछ ।

नोकिया

नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४ फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

अन्य मोबाइलमा भीओएलटिई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको छ ।