कीवर्डहरू -

‘सेल्फी विथ डटर अभियानको सोच सलमान खानको सेल्फी ले ले रे भन्ने गीतबाट आएको हो’

‘सेल्फी विथ डटर अभियानको सोच सलमान खानको सेल्फी ले ले रे भन्ने गीतबाट आएको हो’

सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता टिभिमा पनि सलमान खानको ‘सेल्फी ले ले रे....’ भन्ने गीत आईरहेको थियो ।

त्यतिखेरै उनले सेल्फीले प्रधानमन्त्री देखि युवा पिढी सबैमा असर पारिरहेको कुरा बहन गरे र यही सोचलाई छोरीसँग जोडेर उनले सेल्फी विथ डटर अभियानको थालनी गरे ।

त्यसपश्चात उनले जुन ९, २०१५ मा आफ्नी छोरीसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा हालिदिए र एक प्रतिस्पर्धा पनि सुरु गरिदिए ।

आ आफ्नो छोरीसँग खिचेको तीन ओटा राम्रो  सेल्फीलाई पुरस्कृत गर्ने भनेपछि त उनको यो अभियान भाईरल हुन पुग्यो । सुनिल जागलानको अनुसार हरेक एक अभियानको पछाडि कुनै ठूलो कारण र प्रोत्साहन जोडिएको हुन्छ ।

जब उनको छोरी सन् २०१२ मा जन्मिन त्यति खेर उनले नर्सहरुको अनुहारको भाव त्यति राम्रो नभएको पाए । अस्पतालबाट बच्चा लिएर डिस्चार्ज हुनलाग्दा उनले नर्सहरुलाई मिठाई किन्न भनेर २००० रुपैयाँ दिए तर नर्सले लिन मानेन ।

छोरा भएको भए हामी लिन्थिम तर छोरी जन्मिएको कारण हामीलाई १०० रुपैयाँ मात्रै दिए पुग्छ भनेर उनीहरुले पैसा लिन चाहेनन् । यो घटनाक्रम पछि छोरीको प्रति भेदभावको सोच हटाउन र समाजको यस्तो सोच परिवर्तन गर्न उनले कयौँ प्रयास गरे जसले पछि सफलता पनि प्राप्त गर्यो ।

हरियाणाको एक सानो गाउँको सरपञ्च भएकाले उनले सन् २०१२ मा भारत सरकारले ल्याएको ‘बेटी बचाओ’ अभियानलाई पनि उनले समर्थन गरेका थिए ।

सेल्फी विथ डटर अभियानको सफलतामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदि र त्यतिखेरको पूर्व राष्ट्रपति प्रनब मुखर्जीको पनि एकदमै ठूलो योगदान रहेको जगलान बताउँछन् ।

उनको अनुसार मोदि र मुखर्जीले यो अभियानलाई सार्वजनिक फोरममा ल्याउन मद्दत पुर्‍याए । ७० भन्दा बढि देशको सहभागिता रहेको लाखौँ सल्फीहरु वेबसाइट मा अनलाइन संग्रहालय बनाएर राखिएको छ ।

हालैमा यो अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा नेपालमा पनि सुरु गरिएको छ । यसले हजारौँ महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

नेपालमा पनि सेल्फी विथ डटर प्रतियोगिता भईरहेको छ र यसको परिणाम जुन ९ मा घोषणा गरिने आयोजकले बताएका छन् ।

यो अभियानको सहयोगी विक्रम श्रेष्ठले नेपालमा यो अभियानको एकदमै धेरै खाँचो रहेको र यो अभियानले धेरै उचाईहरु प्राप्त गर्न सक्ने विश्वास जनाएका छन् ।

सेल्फी विथ डटर अभियान भारतामा सन् २०१५ जुन ९ मा सुरु भएको थियो । अन्तर्राष्ट्रिय मानक एजेन्सी देखि लिएर इकोनोमिक सर्भे अफ इन्डियाको सर्वेक्षण रिपोर्टले यो अभियान एकदमै प्रभावशाली रेहेको देखाएको छ । जसले छोरीहरुको मुहारमा पनि खुशी ल्याईरहेको छ ।

हलिवुडको विन डिजेल, मैडोना, भिक्टोरिया बेकह्याम देखि बलिवुडको अजय देवगन, अक्षय कुमार, अमिताभ बच्चन जस्ता हस्तीहरुले यस अभियानलाई समर्थन गरेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय खेलाडी सचिन तेंदुलकर, क्रिस गेल, सेरेना विलियम्स, सुरेश रैनाले पनि आफ्नो छोरीसँग सेल्फी खिचेर यो अभियानमा सहभागी भएका थिए ।