चीनको जुरोङ नामक रोभर मङ्गल ग्रहमा लञ्च गरेको छ । जुरोङ नाम चिनियाँ आगोको भगवानबाट आएको हो । यसले अन्तरिक्षमा चीनको पहुँच बढाएको छ ।
चीनले ५० वर्ष अगाडि आफ्नो पहिलोे स्याटेलाईट लञ्च गरेको थियो । अमेरिका पछि रोभर लञ्च गर्ने चीन पहिलो देश हो ।
चीनको रोभर सफलतापूर्वक मंगल ग्रहको अर्बिटमा गएपछि रोभर सफलतापूर्वक लञ्च गर्न सकिएको हो । यो नासाको पर्सिभिरियेन्स जतिको उन्नत भने छैन् ।
चीनको राष्ट्रपति सि जीनपिङको अनुसार यो मिसनले चीनको स्पेस उद्योग विकासमा एकदमै मद्दत पुर्याउने छ ।अमेरिकाले चीनलाई नासामा काम गर्न नदिएपछि चीनले आफै अन्तरीक्षमा विकास गर्न थालेको हो ।