कीवर्डहरू -

अहिले सम्मकै सस्तो फाइभजी फोन सार्वजनिक गर्दै सामसङ

अहिले सम्मकै सस्तो फाइभजी फोन सार्वजनिक गर्दै सामसङ

सामसङको आउँदो ग्यालेक्सी ए२२ अहिले सम्मकै सबैभन्दा सस्तो फाइभ जी फोन हुन सक्ने भएको छ ।

सामसङले ग्यालेक्सी ए ३२ सार्वजनिक गर्दा पनि फाइभ जी फोनको मूल्य एकदमै कम गरेको थियो । यसको बारेमा जानकारी लिक भएको छ ।

यसको कभर प्लास्टीकले बनेको हुनेछ । त्यस्तै यसमा तीन ओटा रियर क्यामेरा पनि रहेको हुनेछ । यसको सेल्फी क्यामेरा नच भने टियरड्रप आकारको हुनेछ ।

नाइन्टीवान मोबाइल्सको रिपोर्ट अनुसार यसमा मिडिया टेक डाईमेनसिटि प्रयोग गरिएको हुनेछ । त्यस्तै मूल्य सस्तो बनाउनका लागि यसमा ६.४ इन्चको एलसिडी स्क्रीन प्रयोग गरिएको छ ।

यसमा ५००० एमएएचको ब्याट्री पनि प्रयोग गरिएको हुनेछ । यसमा एएमओएलईडी डिस्प्ले रहने पनि बताइएको छ ।

यो सजिलै २०० डलर भन्दा पनि कम मूल्यमा विक्री हुन सक्ने अनुमान लगाइएको छ । मूल्यनै उचित रहेकाले यसले धेरै प्रयोगकर्ताहरुलाई आकर्षण गर्न सक्ने देखिएको छ ।