कीवर्डहरू -

इन्फोडेभलपर्समा ५३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन  

इन्फोडेभलपर्समा ५३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन  

नेपालको अग्रणी आईटी कम्पनी इन्फो डेभलपर्सले ५३ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदमा ५३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले सिनियर नोड डेभलपर २ जना, सिनियर जाभा डेभलपर ६ जना, एसक्युएल सर्भर डेभलपर ३ जना, रियाक्ट इन्जिनियर २ जना, एआई इन्जिनियर २ जना, पाइथन इन्जिनियर २ जना, रियाक्ट नेटिभ इन्जिनियर २ जना, डेभअप्स १ जना माग गरेको छ ।

त्यस्तै युआई डेभलपर २ जना, जुनियर एंगुलर डेभपलर २ जना, आईओएस डेभलपर १ जना, सिनियर रियाक्ट डेभलपर २ जना, जाभा इन्जिनियर ५ जना, डट नेट (वेबफर्म) डेभलपर ४ जना मागेको छ ।

त्यसैगरी इन्फो डेभलपर्सले पोष्टग्रेस एसक्युएल २ जना, क्वालिटी एसुरेन्स ३ जना, एन्ड्रोइड इन्जिनियर ४ जना, पीएचपी डेभलपर २ जना, युआई/युएक्स डिजाइनर २ जना, डिजिटल मार्केटर १ जना, एंगुलर इन्जिनियर २ जना, क्युए अटोमेसन १ जना मागेको छ ।

कम्पनीले यी पदहरुमा ६ महिनादेखि ३ वर्षसम्मको अनुभव खोजेको छ । माथिका कुनै पनि पदमा इच्छुक व्यक्तिले यहाँ क्लिक गरी थप जानकारी लिन र रोजगारीका लागि आवेदन दिन सक्ने छन् ।

\"\"

विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फोडेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ्ग सिस्टमका साथै अन्य विभिन्न सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

हाल इन्फोडेभलर्पसमा झण्डै एक हजार भन्दा बढी सहकारी तथा लघुवित्त संस्थाहरु आवद्ध रहेका छन् । साथै कम्पनीले मोबाईल बैंकिङ, एटिएम, ई-बैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ ।