कीवर्डहरू -

बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ

बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ

चितवनबाट निषेधाज्ञाको समयमा बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

चितवन माडी नगरपालिका-२ बस्ने २० वर्षीय कासी चौधरी र २२ वर्षीय श्रीकृष्ण महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार उनिहरुले बैशाख ३१ गते भरतपुर महानगरपालिका-१६ नविनचोक र गाविस चोकमा बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्रालिको चार थान डिक्स बक्स चोरी गरेका थिए ।

चोरी भएको डिक्स बक्स उनिहरुको कोठाबाट बरामद गरिएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।