कीवर्डहरू -

एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास

मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्ने

एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास

मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्नेछ । यसले बेलायतको प्लाईमाउथ देखि अमेरिकाको मासाचुसेटसम्म ३५०० माइलको यात्रा तय गर्नेछ ।

यात्राको समयमा यो जहाजले विभिन्न वैज्ञानिक परिक्षण पनि गर्नेछ । यो जहाजलाई प्रोम्येर भन्ने मराइन अन्वेषण संस्थाले निर्माण गरेको हो । यसको प्राविधिक पार्टनर आईबिएम रहेको छ ।

यी दुई कम्पनीले मिलेर विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० बनाएको हो । रिपोर्टका अनुसार मान्छे नराखेर एटलान्टिक महासागरमा चलाइने यो पहिलो जहाज हो ।

यो जहाज १५ मिटर लामो ट्रिमारान रहेको छ र यसको तौल नौ टनको रहेको छ र पूर्ण रुपमा स्वायत्त रहेको छ । यो सोलारको ऊर्जाले चल्छ र यसमा रोबोटिक रडर प्रयोग गरेर स्वायत्त बनाइएको छ ।

एटलान्टिक महासागरको ८० प्रतिशत भाग अहिले सम्म अन्वेषण गरिएको छैन जसले गर्दा यो पालिको वैज्ञानिक परिक्षणहरुले धेरै कुरा थाहापाउन मद्दत पुर्‍याउने आशा गरिएको छ ।

यो प्रोजेक्टमा भारत, स्वीजरल्याण्ड, अमेरिका जस्ता देशहरुले पनि निकै सहयोग पुर्‍याएको छ । एआईले सञ्चालन गरेको र सोलारले पावर गरिएकाले यो जहाजले समुद्रमा एकदमै लामो समय पनि बिताउन सक्छ ।

तर यो स्वायत्त जहाजले नराम्रो मौसमा राम्ररी चल्न सक्दैन् । यसमा आफै आफूलाई सुधार्न र सिकाउन सक्ने क्षमता पनि रहेको छ ।