कीवर्डहरू -

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेसको फिचर ल्याउँदै

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेसको फिचर ल्याउँदै

एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेस स्ट्रिमिङ प्रयोग गर्न दिने भएको छ । यी दुइटै फिचर एप्पल प्रयोगकर्ताले निःशुल्क पाउन सक्नेछन् ।

एप्पलका अनुसार एप्पल म्युजिकले डिफल्ट रुपमै ईयरबड ,एयरपड र एच वान, डब्लुवान भएको हेडफोनमा डोल्बी एटमोसमानै अडियो बजाउने छ जसलाई प्रयोगकर्ताले परिणत पनि गर्न सक्नेछन् ।

एप्पलले म्युजिक लाइब्ररीको साइजको बारेमा केही पनि बताएको छैन् । एप्पलका अनुसार लञ्चपछि हजारौँ अडियोहरु यी फिचरसँगै उपलब्ध हुुनेछन् ।

एप्पलले डोल्बीसँग सम्झौता गरेर आर्टिस्ट, प्रोड्युसर र इन्जिनियरलाई डोल्बी एटमोसमा गित बनाउन सहज गराईरहेको छ ।

यसले गर्दा स्टुडियोको जस्तै गरेर विस्तृत रुपमा अडियो पाउन सकिन्छ । डोल्बी एटमोस र लसलेस स्ट्रिमिङ जुनमा उपलब्ध हुनेछ ।