कीवर्डहरू -

फोन र ट्याबलेटमा पनि फ्लेक्सजिबल डिभाइस ल्याउँदै सामसङ

फोन र ट्याबलेटमा पनि फ्लेक्सजिबल डिभाइस ल्याउँदै सामसङ

सामसङले नयाँ जेनेरेसनको फ्लेक्सजिबल डिस्प्लेको जानकारी दिएको छ । सामसङले फोन र ट्याबलेटमा पनि लचकदार डिभाइसहरु ल्याउने भएको छ ।

स्याममोबाइलको अनुसार डिस्प्ले हप्ता २०२१ इभेन्टमा सामसङले प्रोटोटाइपहरु देखाएको थियो । प्रोटोटाइपहरुमा दुई चोटि फोल्ड गर्न मिल्ने ओएलईडी प्यानेल रहेको थियो जसलाई स्मार्टफोन जसरी प्रयोग गर्न सकिन्छ ।

अनफोल्ड गदौ स्क्रीनको उच्चतम साइज ७.२ इन्चको रहेको स्याममोबाइलले बताएको छ । सामसङले स्लाइड गर्न मिल्ने ओएलईडी स्क्रीन पनि देखाएको थियो ।

त्यस्तै रोलेबल स्क्रीन पनि सामसङले कार्यक्रममा देखाएको थियो । यो ओप्पोको एक्स २०२१ मा प्रयोग हुन सक्ने छ । सामसङले चाँडै ग्यालेक्सी ट्याबलेट पनि सार्वजनिक गर्नेछ ।