कीवर्डहरू -

नाष्टले बनाएको अक्सिजन सिलिन्डरको पहिलो परीक्षण उत्साहजनक, हप्तादिनमा दोस्रो गर्ने 

२३५ बार प्रेसर दिदा पाइपमा लिकेज आयो

नाष्टले बनाएको अक्सिजन सिलिन्डरको पहिलो परीक्षण उत्साहजनक, हप्तादिनमा दोस्रो गर्ने 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सुरु गरेको अक्सिजन ग्यास सिलिण्डर उत्पादनको पहिलो परीक्षण गरिएको छ ।

पहिलो परीक्षणबाट उत्साहजनक सफलता पाएको र अब हप्ता दिनभित्र दोस्रो चरणको परीक्षण गर्ने नाष्टका भिसी सुनिलबाबु श्रेष्ठले बताए ।

मुलुकमा कोरोना संक्रमणले अक्सिजन सिलिन्डर अभाव भएपछि नाष्टले आफै उत्पादन गर्न सुरु गरेको थियो ।

आजको परीक्षणमा केही प्राविधिक समस्या आएकाले पुरा गर्न नपाएको उनले बताए ।
सिलिन्डरलाई १५० बार प्रेसर सिलिन्डरलाई चाहिन्छ । यसको परीक्षण गर्दा २.५ गुणा बढी अर्थात ३५० बार प्रेसर दिएर यसको परीक्षण गर्न खोजिएको थियो ।

३५० बार प्रेसर चाहिनेमा २३५ बार प्रेसरसम्म दिन सकियो ।

२३५ दिदासम्म सिलिन्डरमा कुनै समस्या नभए पनि त्यसमा प्रयोग भएको पाइपमा लिकेज देखिएको श्रेष्ठले बताए ।

‘२३५ बार प्रेसर दिदा पाइपमा लिकेज देखिएपछि आजलाई यत्तिमै टुग्याउनु पर्यो,’ उनले भने, ‘अब पाइपलाई ठिक गरेर अर्को परीक्षण गर्ने छौं ।’

अर्को परीक्षण एक हप्ताभित्र गर्ने उनले बताए ।

आजको परीक्षणबाट उत्साहित बनाएको उनले बताए । स्थायीरुप भएको यो परीक्षण उत्साहप्रदक भएको उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेृष्ठले सिलिन्डर परीक्षणको सुरुवात गरेका छन् ।

मन्त्रालयका सचिव, सहसचिव, नाष्टका बैज्ञानिकहरुको सहभागिता थियो ।

सफल परीक्षण भएसँगै अब नाष्टले यसको व्यवसायीक उत्पादनको लागि विभिन्न कम्पनीलाई अनुमति दिने जनाएको छ ।

नाष्टका अनुसार नाष्टले उत्पादन गर्ने सिलिन्डरको मूल्य १० हजार रुपैयाँभन्दा कम पर्ने छ । बजारमा सामान्यतया १५ हजार रुपैयाँ पर्छ ।