कीवर्डहरू -

टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ? 

टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ? 

नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा सुरू गरेको छ ।

टेलिकमको भीओएलटिई सेवा प्रयोग गर्न सिम र मोबाइलमा भीओएलटिई सेवा इनेबल गर्नुपर्छ ।

धेरैको मनमा के भीओएलटिई सेवा उपभोग गर्न फोन गर्ने र फोन उठाउने दुबै मोबाइल यो सेवामा जोडिनु पर्छ ? भन्ने जिज्ञासा हुन सक्छ ।

यही जिज्ञासा मेटाउन हामीले टेलिकमका प्रवक्ता राजेश जोशीलाई प्रश्न गरेका छौं- के भीओएलटिई सेवाबाट कुरा गर्न फोन गर्ने र फोन उठाउने दुबै मोबाइलमा यो सेवा इनेबल हुनुपर्छ ?

प्रवक्ता जोशीका अनुसार यो सेवा प्रयोग गर्न दुबै मोबाइलमा भीओएलटिई सेवा इनेबल नभए पनि हुन्छ ।

‘फोन गर्ने र फोन उठाउने दुबै फोनमा भीओएलटिई सेवा एक्टिभेट छ भने भ्वाइसको क्वालिटी एचडीमा आउँछ,’ जोशीले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘एउटामा मात्रै भीओएलटिई सेवा एक्टिभेट भएपनि कल गर्न सकिन्छ तर भ्वाइसको क्वालिटी त्यति राम्रो आउँदैन् ।’

*४४४# डायल गरेर सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ । यदी सिममा भीओएलटिई एक्टिभेट भएन भने सिम नै परिवर्तन गर्नुपर्छ ।

सिममा एक्टिभेट गरेपछि मोबाइलको सेटिङको नेटवर्क सेटिङमा गएर पनि भीओएलटिई सेवा इनेबल गर्नुपर्छ । यदी फोनमा त्यो सुविधा छैन् भने भीओएलटिई सेवा प्रयोग गर्न सकिदैन् ।

टेलिकमले भीओएलटिई सेवा परीक्षण सुरूवातको अवसरमा १०० मिनेट निःशुल्क कल समेत दिएको छ । जसलाई *१११# डायल गरेर एक्टिभेट गर्न सकिन्छ ।