कीवर्डहरू -

प्यालेस्टाइनका रकेट आकाश मै नस्ट गर्ने इजरायलको ‘आइरन डोम’, कसरी काम गर्छ ? 

प्यालेस्टाइनका रकेट आकाश मै नस्ट गर्ने इजरायलको ‘आइरन डोम’, कसरी काम गर्छ ? 
Photo Credit: Moti MIlrod / AP

इजरायल र प्यालेस्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । इजरायलको आक्रमणमा २ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने १ हजार ४ सयभन्दा बढी घाइते भएका छन् ।

यता, प्यालेस्टाइनको रकेट आक्रमणमा १० जना इजरायली समेत मरिएका छन् । प्यालेस्टाइनको हमास समूहले अहिलेसम्म १ हजार ५ सयभन्दा बढी रकेट इजरायलमा प्रहार गरिसकेको छ ।

तर, ती मध्ये अधिकांश रकेट आकास मै नस्ट भएका छन् । रकेट आकास मै नष्ट हुनुको मुख्य कारण हो इजरायलको ‘आइरन डोम एयर डिफेन्स प्रणाली’ ।

आइरन डोमले शत्रुका ९० प्रतिशत रकेट आकाश मै नस्ट गर्न सक्ने इजरायलले बताएको छ । यसको सफलतासँग अहिले आइरन डोमको चर्चा विश्वभर चुलिएको छ ।

विश्वको उत्कृष्ट एन्टि मिसाइल डिफेन्स सिस्टममा पर्छ आइरन डोम । यसले जुनसुकै मौसममा पनि आकाशमा रकेट नष्ट गर्न सक्छ ।

अहिले इजरायलले अमेरिकाका लागि पनि आइरन डोम बनाउँदै छ । जसको नाम हन्टर डोम दिइएको छ । इजरायलले आइरन डोमको पहिलो विदेशी बिक्री सन् २०१६ मा अजरबैजनलाई गरेको थियो ।

त्यसबेला देखि भारत र रोमानियाले पनि यो सिस्टम खरिद गर्न सम्झौता गरेका छन् । सन् २०२१ मार्चमा इजरायलले आईरन डोम प्रणालीलाई अपग्रेड गरेको थियो । अब यसले रकेट, मिसाइल साल्भो र ड्रोनलाई रोक्न सक्छ ।

के हो आइरन डोम ?

आइरन डोमको विकास इजरायलको राफायल एडभान्स्ड डिफेन्स सिस्टम र इजरायल एरोस्पेस इन्डष्ट्रिजले गरेका हुन् ।

सन् २००७ बाट आइरन डोम बनाउन सुरू गरिएको थियो । आइरम डोम बनाउन इजरायलले अमेरिकासँग आर्थिक र प्राविधिक सहयोग लिएको थियो ।

सन् २००८ मा आइरन डोमको पहिलो परीक्षण भएको थियो भने सन् २०१० मा यसको अन्तिम परीक्षण भएको थियो ।
त्यसपछि सन् २०११ बाट आइरन डोम प्रणाली सञ्चालनमा आएको थियो ।

\"\" Photo: Israel Defense Forces and Nehemiya Gershuni-Aylho

आइरन डोम इजरायलको एयर डिफेन्स सिस्टम हो । जसलाई शत्रुका रकेट आकाश मै नस्ट गर्न प्रयोग गरिन्छ । आइरन डोमले रकेट मात्र नभएर दुस्मनको ड्रोन पनि नष्ट गर्न सक्छ ।

आइरन डोमको मोबाइल भर्सन समेत रहेको छ, जसले सेना, उद्योग र प्रशासनिक भवनलाई हवाई सुरक्षा दिन्छ ।
आइरन डोमको नौ सैनिक संस्करण पनि छ जसले समुन्द्रमा रहेका इजरायलका जहाजलाई सुरक्षा दिन्छ ।

आइरन डोमले कसरी काम गर्छ ?

आइरन डोम जुनसुकै मौसममा पनि काम गर्न सक्षम छ । यसले रेञ्ज र निशानाको जाँच गर्छ र एउटा चेतावनी साइरन बजाउँछ ।

यो साइरन स्थानीय मानिसहरु सुरक्षित स्थानसम्म जानका लागि बजाइन्छ । सुरक्षित स्थानमा जान ३० देखि ९० सेकेण्डको समय हुन्छ ।

त्यसपछि आइरन डोमले आफ्नो राडरको माध्यमबाट हमलाको अनुमान लगाउँदै मिसाइल प्रक्षेपण गर्छ र रकेटलाई आकास मै नस्ट गर्छ ।

\"\"

यसरी काम गर्छ आइरन डोम । Photo: BBC

यसको प्रत्येक लन्चरमा २० इन्टरसेप्टर मिसाइल हुन्छन् । यी मिसाइलमा रकेट र मिसाइलसँग जुध्ने बेजोड क्षमता हुन्छ । यसले ७० किलोमिटर उचाईसम्मको रकेट हमलालाई नस्ट गर्न सक्छ । यो ग्राउण्ड टु एर डिफेन्स सिस्टम हो । यो सिस्टम ब्याट्रीबाट सञ्चालन गरिन्छ ।

यसमा प्रयोग गरिएको ब्याट्री चार्ज हुने ब्याट्री होइन् । यसमा ब्याट्रीको मतलब रकेट रोक्ने एक युनिटलाई बुझ्न सकिन्छ ।

आइरन डोमको काम गर्ने तरिकालाई बुझ्न सुरूमा ब्याट्रीको छुट्टा छुट्टै भागलाई बुझ्नु पर्ने हुन्छ । ब्याट्रीका ३ भाग छन् ति हुन् राडर, कन्ट्रोल सेन्टर र लन्चर ।

पहिलो भागमा राडर पर्छ । जब कुनै रकेट शत्रुको क्षेत्रबाट प्रहार हुन्छ तब राडरले संकेत गर्छ र त्यसले उक्त रकेट कुन दिशामा जान्छ, कुन बोटोबाट जान्छ र कहाँ ल्याण्ड हुन्छ त्यसको मापन गर्छ ।

यो जानकारी राडरले आइरन डोमको दोस्रो भाग कन्ट्रोल सेन्टरमा पठाउँछ । कन्ट्रोल सेन्टर उच्च गति (हाई स्पीड) कम्प्युटर राखिएको हुन्छ ।

उक्त हाइस्पिड कम्प्युटरको मद्दतले कन्ट्रोल सेन्टरले रकेट कहाँ खस्छ त्यसको जानकारी पत्ता लगाउँछ । यदी शत्रुले प्रहार गरेको रकेट कुनै मानव बस्ती वा महत्वपूर्ण भवनमा खस्नेवाला छ भने मात्रै त्यसलाई आकाशमा हावामै नस्ट गरिन्छ ।

रकेट खालि ठाउँमा खस्ने भए त्यसलाई खस्न दिइन्छ नस्ट गरिदैन् । कुन रेकटलाई नस्ट गर्नुपर्छ कुनलाई गर्नुपर्दैन् त्यो निर्णय कन्ट्रोल सेन्टरका हाई स्पीड कम्प्युटरले लिन्छन् ।

यदी कन्ट्रोल सिस्टमले रकेट नस्ट गर्नुपर्ने जरूरी देखेमा यसले जानकारी आइरन डोमको लन्चरमा पु¥याउँछ । लन्चरमा धेरै इन्टरसेप्टर राखिएको हुन्छ ।

इन्टरसेप्टर भनेको त्यस्तो मिसाइल हो, जसले शत्रुको रकेटलाई हावामै नस्ट गरिदिन्छ । कन्ट्रोल सेन्टरबाट जानकारी आएपछि लन्चरबाट एक इन्टरसेप्टर लन्च हुन्छ ।

कन्ट्रोल सेन्टरबाट इन्टरसेप्टरलाई लगातार निर्देशन प्राप्त भइरहन्छ । यस इन्टरसेप्टरमा पनि एउटा सानो राडर जडान गरिएको हुन्छ । कन्ट्रोल सेन्टर र सो राडरको मद्दतले इन्टरसेप्टर रकेटको नजिक पुग्छ ।

रकेटको नजिक पुगेको इन्टरसेप्टर बिस्फोट हुन्छ र शत्रुको रकेट हावामै नस्ट हुन्छ । राडर, कन्ट्रोल सेन्टर र लन्चरलाई एकै ठाउँमा नराखि अलग अलग ठाउँमा राखिएको हुन्छ ।

\"\"

आइरन डोमको ब्याट्री । Photo: Israel Defense Forces

यिनीहरू बीच निकै तीब्र गतिमा डेटा आदान प्रदान हुन्छ । ब्याट्रीलाई एक ठाउँबाट सजिलै अर्को ठाउँमा लान सकिन्छ ।

खर्च कति लाग्छ ?

आइरन डोममा इजरायले धेरै लगानी गरिरहेको छ । इजरायलले प्रत्येक इन्टरसेप्टर मिसाइलका लागि ५० हजार डलर खर्च गर्छ ।

यसको खर्च यो भन्दा पनि धेरै छ तर इजरायलले शत्रुको मनोबल कमजोर होस् भनेर खर्च कम भनिरहेको बताइन्छ । यदी धेरै रकम खर्च गरेर आइरन डोमले काम नगरे त्यो खर्च त्यतिकै खेर जान्छ ।