कीवर्डहरू -

भारतमा अप्रिल देखि एक हजार भन्दा बढी संस्थामा र्‍यान्समवेयर आक्रमण

भारतमा अप्रिल देखि एक हजार भन्दा बढी संस्थामा र्‍यान्समवेयर आक्रमण

भारतले सन् २०२१ मा सबैभन्दा बढी र्‍यान्समवेयर आक्रमण भोग्नु परेको छ । महामारी सुरु भएदेखि र्‍यान्समवेयर आक्रमण एकदमै बढ्दै गईरहेको छ ।

चेकप्वाइन्ट रिसर्च (सिपिआर)का अनुसार अप्रिल देखि एक हजार भन्दा बढी संस्थाहरु र्‍यान्समवेयर आक्रमणमा परिसकेका छन् र यो भनेको वर्षको पहिलो त्रैमासमा २१ प्रतिशत र अप्रिलमा ७ प्रतिशतले बढेको हो ।

सम्पूर्णमा हेर्दा सन् २०२० को तुलनामा १०२ प्रतिशतले र्‍यान्समवेयर आक्रमण बढिरहेको छ । रिपोर्ट अनुसार एसिया प्यासिफिक (एपिएसी) क्षेत्रको संस्थाहरुले सबैभन्दा बढि ह्याकरहरुे र्‍यान्समवेयरले आक्रमण गरिरहेका छन् ।

सामान्यता  एपिएसी क्षेत्रका संस्थाहरु एक हप्तामा ५१ पटक आक्रमणमा पर्ने गर्छन् । सिपिआरको अनुसार वर्षको सुरुवातको तुलनामा यो १४ प्रतिशतले बढी हो ।

सोही रिपोर्टले उत्तर अमेरिकाको संस्थाहरुमा हप्तामा २९ पटक आक्रमण मात्रै देखाएको छ । यूरोप र ल्याटिन अमेरिकामा एक हप्तामा १४ आक्रमण मात्रै हुने गर्दछन् ।

अफ्रिकन संस्थाहरुमा सामान्यता एक हप्तामा ४ आक्रमण हुने गेरेको पाइएको छ । रिपोर्टले भारतनै सबैभन्दा बढी र्‍यान्समवेयर आक्रमणमा परेको देखाएको छ । सामान्यता भारतमा वर्षको सुरुवातदेखि एक हप्तामा २१३ आक्रमण हुने गेरेको पाइएको छ ।

त्यस्तै अर्जेन्टिनामा हप्तामा १०४ आक्रमण हुने गेरेको छ । चिलिमा एक हप्तामा १०३ आक्रमण हुने गेरेको पाइएको छ । त्यस्तै फ्रान्समा एक हप्तामा ६१ आक्रमण र ताइवानमा ५० आक्रमण हुने गरेको रिपोर्टले देखाएको छ ।

विश्वव्यापी स्वाथय उद्योगले सबैभन्दा बढि र्‍यान्समवेयर आक्रमण भएको पाइएको छ । सामान्यता एक हप्तामा १०९ आक्रमण हुने गरेको छ ।

एपिएसी क्षेत्रमा इन्सुरेन्स, निर्माण र स्वास्थयसेवा सबैभन्दा ग्रसित क्षेत्र बनेका छन् ।  उत्तर अमेरिकामा स्वास्थय सेवा, सफ्टवेयर र इन्सुरेन्स सबैभन्दा बढी आक्रमणमा परेका छन् ।

यूरोपमा स्वास्थय सेवा र सफ्टवेयर रहेका छन् । त्यस्तै ल्याटिन अमेरिकामा वित्तिय, निर्माण, खुद्रा पसल आदि र्‍यान्समवेयरको शिकारमा परेका छन् ।