कीवर्डहरू -

एन्ड्रोइड १२ को बेटा डाउनलोड गूगल प्ले स्टोरमा उपलब्ध 

एन्ड्रोइड १२ को बेटा डाउनलोड गूगल प्ले स्टोरमा उपलब्ध 

आज देखि गूगल प्ले स्टोरमा एन्ड्रोइड १२ सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध भएको छ । गूगलले यसको बारेमा आई/ओ २०२१ मा बताएको थियो ।

एन्ड्रोइड १२ मा भिजुअल रुपमा एकदमै परिवर्तन आएको छ । यसमा डिजाइन भाषाको रुपमा मटेरियल लयाङ्गवेज प्रयोग गरिएको छ जसले गर्दा एन्ड्रोइड यूजर इन्टरफेसको सबै भागलाई कस्टोमाईजेबल बनाइएको छ ।

नयाँ वालपेपर राख्दा ओएसले नोटिफिकेसन सेड, भोल्युम कन्ट्रोल सबैमा भिन्नता ल्याउनेछ । त्यस्तै अब गूगल पे र होम कन्ट्रोल पनि जोड्न मिल्ने भएको छ ।

यो नयाँ इन्टरफेस पहिले गूगल पिक्सेल डिभाइसको लागि आउनेछ । कम्पनीका अनुसार एन्ड्रोइड १२ इन्स्टल गरिएको फोन अझै राम्ररी चल्नेछ ।

सिपियु अप्टिमाइज गरिएकाले ब्याट्री खपत पनि कम हुनेछ । यसमा सुरक्षा र गोपनीयताका लागि पनि थप फिचरहरु राखिएको छ ।

यसमा नयाँ डयासबोर्ड राखिएको छ जसले एपले सम्पूर्ण डेटा पहुँच कति गरेको छ भनेर देखाउँछ । गूगलले एन्ड्रोइड प्राईभेट कम्प्यूटर को भन्ने फिचर पनि ल्याउने भएको छ ।

यसले लाइभ क्याप्सन जस्तो फिचरका लागि भाषा र अडियो प्रोसेसिङ व्यवस्थित गर्नेछ । यो वर्षको अन्त्य तिर एन्ड्रोइड १२ मा अरु फिचरहरु पनि आउनेछ ।