कीवर्डहरू -

सावधान भएर अक्सिजन कन्सनट्रेटर किन्न महावीर पुनको आग्रह 

सावधान भएर अक्सिजन कन्सनट्रेटर किन्न महावीर पुनको आग्रह 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले सावधान भएर अक्सिजन कन्सनट्रेटर किन्न आग्रह गरेका छन् । पुनले अक्सिजन कन्सनट्रेटर परीक्षण गर्नु परेमा  राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क राख्न सकिने बताएका छन् ।

पुनले फेसबुकमा एक पोष्ट गर्दै भनेका छन, ‘आज एक जनाको अक्सिजन कन्सनट्रेटरलाई राष्ट्रिय आविष्कार केन्द्रमा परीक्षण गर्दा त्यसले ५ लिटर प्रति मिनट फ्लो रेटमा ९० प्रतिशत अक्सिजन दिने भनेर भनिए पनि वास्तवमा ४० प्रतिशत मात्रै अक्सिजन दिएको छ ।’

‘त्यसैले तपाईहरुले अक्सिजन कन्सनट्रेटर किन्दा राम्रोसँग बुझेर मात्र किन्नु होला,’ उनले भने, ‘तपाईंले किन्न लागेको अक्सिजन कन्सनट्रेटरले कति प्रतिशत अक्सिजन दिन्छ भन्ने कुरा जाँच्न चाहनु हुन्छ भने राष्ट्रिय आविष्कार केन्द्रमा ल्याउनु होला । हामी परीक्षण गरिदिन्छौं ।’

साथै व्यापारीहरुले पनि राम्रोसँग बुझेर मात्र अक्सिजन कन्सनट्रेटर किन्नु र बेच्नु महावीर पुनले अनुरोध गरेका छन् । ‘किन्नु भन्दा पहिला त्यसको विवरण र पुस्तिका राम्रोसँग अध्ययन गर्नु होला,’ पुनले भने ।