कीवर्डहरू -

अक्सिजन सिलिन्डरका लागि फोरके गेमिङले एक दिनमै संकलन गर्‍यो १ लाख ६५ हजार रूपैयाँ

अक्सिजन सिलिन्डरका लागि फोरके गेमिङले एक दिनमै संकलन गर्‍यो १ लाख ६५ हजार रूपैयाँ

अक्सिजन सिलिन्डरका लागि नेपालको लोकप्रिय पब्जी च्यानल फोरके गेमिङले करिब १ लाख ६५ हजार रूपैयाँ संकलन गरेको छ । अक्सिजन सिलिन्डरका लागि फोरके गेमिङले च्यारिटी शो स्ट्रीम गरेको थियो ।

फोरके गेमिङ नेपालका अनुसार उक्त च्यारिटी शोबाट १ लाख ३९ हजार ५८६ रूपैयाँ जम्मा भएको र त्यसमा फोरके गेमिङको तर्फबाट २५ हजार थप गरेर कुल १ लाख ६४ हजार ५८६ रूपैयाँ संकलन भएको छ ।

फोरके गेमिङका सदस्य विकास पौडेलले अक्सिजन सिलिन्डरको अभाव भएको समाचार आइरहेकाले यसलाई केही सहयोग होस् भनेर सहयोग जुटाएको बताए ।

डोनेसनबाट यो रकम उठाएको जनकारी गराए । यो रकमलाई राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनलाई हस्तान्तरण गर्ने बताए । हाल राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित लागि अक्सिजन सिलिन्डरको व्यवस्थापन गरिरहेको छ ।

\"\"

फोरके गेमिङले १ लाख ६४ हजार ५८६ रूपैयाँ १ दिनमा संकलन गरेको हो । यसअघि फोरके गेमिङले धुर्मुस सुन्तिली फाउन्डेसनलाई पनि ८८ हजार रूपैयाँ सहयोग गरेको थियो । फोरके गेमिङ नेपाल २७ वर्षका पवन जंग शाही ठकुरीले सञ्चालन गरिरहेका छन् ।

हाल ९ लाख भन्दा बढीले फोरके गेमिङ नेपालको युट्युब च्यानल सब्सक्राइब गरेका छन् भने फेसबुक पेज मा ४ लाख भन्दा बढी फ्लोअर रहेका छन् । पवनले फोरके गेमिङको युट्युब च्यानल र फेसबुक पेजबाट गेमिङ भिडियो स्ट्रीम गरिरहेका छन् ।