कीवर्डहरू -

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गर्‍यो (भिडियो सहित)

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गर्‍यो (भिडियो सहित)

गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गरेको छ । यसले भिडियो च्याट गरिरहेको व्यक्तिलाई थ्रीडीमा आफ्नो अगाडि आउन मद्दत पुर्‍याउने छ ।

यसले गर्दा भिडियो च्याट गरिरहेको व्यक्तिलाई प्रयोगकर्ताले विभिन्न एङ्गलबाट हेर्न सक्छन् र आई कन्टयाक्ट पनि गर्न सक्छन् ।

यो प्रणालीलाई प्रोजेक्ट स्टारलाइन भनिन्छ । यो प्लेटफर्मले थुप्रै क्यामेरा र सेन्सर प्रयोग गरेर मान्छेको व्यक्तित्व, आकारहरु भिन्न दृष्टिकोणबाट देखाउने गर्छ ।

त्यसपछि त्यो भागहरुलाई जोडेर प्रणालीले थ्रीडी मोडेल बनाउने गर्दछ जसले रियल टाइमानै ब्रोडकास्ट गर्ने गर्छ । यसले एउटै रुममा भएर कुरा गरेको अनुभूति गराउने गर्छ । यो एक सम्पूर्ण बुथनै हुनेछ ।

यो बूथमा ६५ इन्चको लाईट फिल्ड पनि हुने गर्दछ जसले मान्छेलाई थ्री डीमा ल्याउन मद्दत पुर्‍याउँछ । यो च्याट बूथ केही गूगल आफिसमा मात्रै उपलब्ध भएको छ ।

भिडियो च्याट अहिलेको समयका लागि एकदमै महत्वपूर्ण हुँदै गईरहेकाले यो प्रणाली एकदमै उपयोगी हुनेछ ।