कीवर्डहरू -

गूगल फोटोजमा ओर्जिनल क्वालिटी फोटोलाई हाई क्वालिटी फोटो बनाएर यसरी बचाउनुहोस् स्पेस

गूगल फोटोजमा ओर्जिनल क्वालिटी फोटोलाई हाई क्वालिटी फोटो बनाएर यसरी बचाउनुहोस् स्पेस

गूगल फोटोजका लागि नयाँ स्टोरेज नीति लागू हुने समय आउन लागेको छ । जुन १ देखि प्रयोगकर्ताहरुले गूगल फोटोजमा असिमीत स्टोरेज पाउँदैनन् ।

गूगलले अहिले कुनै पनि फोटोलाई ओर्जिनल क्वालिटी र हाई क्वालिटीमा अपलोड गर्न दिन्छ । हाई क्वालिटीले स्पेस बचाउन मद्दत पुर्‍याउँछ भने अर्जिनल क्वालिटीले प्रयोगकर्ताको फोटो जुन रिजोल्युसनमा छ त्यसैमा सेभ गरिदिने गर्दछ ।

अहिले गूगल फोटोले १५ जिबी निःशुल्क स्टोरेज दिईरहेको छ जसमा हाई क्वालिटी फोटो अपलोड गर्दा स्टोरेज फ्री रहेको छ तर जुन १ देखि हाई क्वालिटी फोटोले पनि स्पेस लिनेछ ।

त्यही कारणले कम स्पेस खानलाई हाई क्वालिटी फोटोमा सेभ गर्नुपर्छ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ ।

१. आफ्नो पिसीमा गएर फोटोज डट गूगल डटकम÷सेटिङ्ग टाइप गर्नुपर्छ ।

२. त्यसपछि त्यहाँ रिकभर स्टोरेज भन्ने अप्सन आउँछ र त्यसमा गएर क्लिक गर्नुपर्छ ।

३. यति गरेपछि एटा पप अप आउँछ जसले अर्जिनल क्वालिटी फोटो वा भिडियोलाई हाई क्वालिटीमा कम्प्रेस गर्दा कति स्पेस बाँच्छ भनेर जानकारी दिन्छ ।

४. यसपछि कम्प्रेस अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यी अप्सनहरु फोटो अर्जिनल क्वालिटीमा भएमात्र आउँछ र हाई क्वालिटीमै भएमा आउँदैन् ।